विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले देशका विभिन्न जिल्लामा पहिचान भई अध्ययन पूरा गरी उत्पादन अनुमति लिएका जलविद्युत आयोजनाको प्रगति विवरण माग गरेको छ । विभागले २०७८ पुस ३० गतेसम्म निर्माण अनुमति पाएका आयोजनाको प्रगति विवरण मागेको हो ।

पुससम्म उत्पादन अनुमति लिएका र व्यापारीक उत्पादन सुरु नभएका जलविद्युत आयोजनाको हालसम्मको अद्यावधिक प्रगति विवरण माग गरिएको विभागले जनाएको छ । विभागका अनुसार आयोजनाको निर्माण अनुमति पाएको प्रवर्द्धकले आयोजनाको क्षमता, सम्पर्क नम्बर, पिपिए (विद्युत खरिद सम्झौता) भएको मिति, वित्तिय व्यवस्था सम्पन्न भएको मिति, व्यापारीक उत्पादन सुरु गर्ने मिति र सो सम्बन्धि जानकारी समावेश गर्नुपर्नेछ ।

यस्तै, जग्गा अधिग्रहण पूर्वाधार निर्माण कार्य पूरा भए/नभएको प्रष्ट खुल्ने गरी राख्नुपर्नेछ । आयोजनासम्म पुग्ने पहुँचमार्ग, बाँध क्षेत्रको इन्टेक, डाइभर्सन, सेटलिङ बेसीन र सिभिल, इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिल, विद्युतगृह, प्रसारण लाइनको प्रगति प्रतिशतमा राखि विवरण बुझाउनुपर्नेछ ।

अनुमति पाएका प्रवर्द्धकले प्रगति विवरण भदौ ५ गतेसम्म बुझाउनुपर्नेछ । साथै, भौतिक निर्माण सुरु नभएको आयोजनाको कारण अनिवार्य रुपमा खुलाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३