विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । ऊर्जा डेभलपर्सको सहायक कम्पनी मेवा डेभलपर्स लिमिटेडले ताप्लेजुङमा निर्माण गरिरहेको मध्यमेवा जलविद्युत आयोजना (७३.५ मेगावाट) को भूमिगत विद्युतगृहको क्याभर्न खन्ने काम सम्पन्न भएको छ । ६१.५ मिटर लम्बाई, १५ मिटर चौडाई, २७ मिटर उचाईको उक्त क्याभर्न भदौ १ गते खनेर सकिएको हो; जुन ९ महिनामै पूरा भएको कम्पनीले जानकारी दिएको छ ।

क्याभर्नमा विद्युतगृह निर्माण गरी जर्मन प्रविधिबाट निर्माण गरिएका २४.५ मेगावाटका तीन वटा टर्बाइनहरू जडान गरिनेछ । साथै, आयोजनाका सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल, प्रसारण लाइन लगायत काम समेत द्रुत गतिमा भइरहेको पनि कम्पनीले जनाएको छ ।

सुख्खायाममा दैनिक ६ घन्टा ७३.५ मेगावाट नै विद्युत उत्पादन हुने आंशिक जलाशय (पिकिङ आरओआर) आयोजनाको निर्माण सम्पन्नपछि वार्षिक ४३६.०८ गिगावाट–घन्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

भूमिगत विद्युतगृहको क्याभर्न निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष विजयबहादुर राजभण्डारीले क्याभर्न खन्ने काममा योगदान पुर्याउने डेभलपर्स, ठेकेदार, परामर्शदाता, कम्पनीका सम्पूर्ण कर्मचारीहरू धन्यवाद दिए । यस्तै, कम्पनीका प्रबन्ध सञ्चालक भानु पोखरेलले भूमिगत विद्युतगृहको क्याभर्न खन्ने सकिएको हुँदा आयोजनाका बाँकी कामहरू निर्धारित समयमै सम्पन्न गर्न सकिने बताए ।

आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन मिति (आरसिओडी) मार्च सने २०२४ रहेको हुँदा उक्त अवधिभित्रै सबै काम पूरा गर्ने विश्वास लिइएको छ । मेवा डेभलपर्सले आगामी वर्ष साधारण सेयर निष्कासन गर्ने तयारी समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit