विद्युत अपडेट

  • प्राधिकरण : ७१४३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३८२८५ मे.वा.घन्टा
  • आयात : २५० मे.वा.घन्टा
  • निर्यात : १४३६० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५८८२७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५५२ मे.वा.
२०८२ असार २८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । संखुवासभाको सभापोखरी गाउँपालिका वडा नम्बर ३ र ५ भएर बग्ने सभाखोलाको पानीलाई सदुपयोग गर्दै ९.५५ मेगावाटको सुपर सभाखोला ए जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि प्रवर्द्धक कम्पनी संखुवासभा पावर डेभलपमेन्ट प्रालिले उत्पादन अनुमति पत्रको माग गर्दै आवेदन विद्युत् विकास विभागले जनाएको छ ।

आयोजनाको स्वीकृत सम्भाव्यता अध्ययन र प्रारम्भीक वातावरणीय परीक्षण (आइइइ) अनुसार सुमुद्री सतहबाट १ हजार २१२ मिटर उचाइमा १६ मिटर लामो बाँध निर्माण गरिने छ ।

नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाअन्तर्गत १ हजार ८२५ मिटर लामो हेडरेस पाइप, १८ मिटर अग्लो सर्ज साफ्ट र १ हजार ११५ मिटर लामो पेनस्टक पाइप हुँदै सभा खोलाको बायाँ किनारमा रहने सतही विद्युत्गृहमा लगिने छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत्लाई २० किलोमिटर लामो ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार सबस्टेसनमा जोड्ने लक्ष्य छ ।

निर्माण सुरु गरेको २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजना निर्माण गर्दा कुनै उल्लेखनीय वातावरणीय प्रभाव पर्ने देखिए ३५ दिनभित्र राय–सुझाव उपलब्ध गराउन माग गर्दै विभागले मङ्गलबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३