विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोक भएर बग्ने बलेफी खोलामा ९ जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । निजी क्षेत्रले पहिचान गरी अघि बढाएको यी आयोजनाबाट करिब २ सय ५८ मेगावाट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

विद्युत विकास विभागका अनुसार त्यहा पहिचान भएका आयोजनामध्ये १०१ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणाधीन, ४६ मेगावाटको एउटा आयोजना उत्पादन अनुमतिको पर्खाइमा र १११.०३ मेगावाटको ४ आयोजनाको अध्ययन भइरहेको छ ।

खोलामा २२.१४ मेगावाटको बलेफी ‘ए’, २३.५२ मेगावाटको बलेफी खोला, ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ र र २० मेगावाटको तल्लो बलेफी निर्माणाधीन छन् । यी आयोजनामध्ये बलेफी हाइड्रोपावर कम्पनीले निर्माण गरीरहेको माथिल्लो बलेफी ‘ए’को काम अन्तिम चरणमा पुगेको छ । ९६ प्रतिशत काम पूरा भएको आयोजनाबाट गत जेठमानै विद्युत उत्पादन गर्ने तालिका भएपनि कोरोनाले गर्दा तालिका प्रभावित भएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२ किलोमिटर दुरीमा रहेको लामोसाँघु सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहेको आयोजनामा ५ बैंकले ऋण दिएका छन् ।

यस्तै, मुनलाइट हाइड्रोपावर कम्पनीले निर्माण गरीरहेको २२.१४ मेगावाटको बलेफी ‘ए’ को काम पनि आधा भन्दा बढी पूरा भएको छ । बर्खाको बाढीले पहुँच सडक र पुल बगाउँदा आयोजनाको काम डेढ महिनादेखि ठप्प भएको आयोजना प्रमुख जितेन श्रेष्ठले बताए । उनका अनुसार बाढी र पहिरोले पहुँच सडक बगाउँदा आवश्यक सामान आयात गर्न सकिएन र काम बन्द गर्नु परेको हो ।

अब दशैंपछिबाट आयोजनाको निर्माण सुचारु हुने पनि उनले बताए । यो आयोजना २०७३ सालमा १०.६ मेगावाटमा निर्माण सुरु गरिएको थियो । निर्माणाधीन आयोजनाबाट थप विद्युत उत्पादन गर्न सकिने देखिएपछि संरचनाको क्षमता विस्तार गरी २२.१४ मेगावाट बनाइएको कम्पनीले जनाएको छ ।

आयोजनाबाट २०७७ सालमा नै विद्युत उत्पादन गर्ने तालिका थियो । तर, आयोजनाको क्षमता विस्तार भएपछि उत्पादन तालिका २०८० जेठमा सारिएको छ । क्षमता विस्तार हुनु अघि आयोजना सम्पन्न गर्न १ अर्ब ७४ करोड रुपैयाँ लागत अुनमान गरिएको थियो ।

आयोजनामा नेपाल बंगलादेश, नेपाल इन्भेस्टमेन्ट, एनसिसी, बिजनेस युनिभर्सल र इन्फास्ट्रकचर बैंकको एक अर्ब २० करोड रुपैयाँ ऋण लगानी थियो । बाँकी ५४ करोड रुपैयाँ स्वपुजी लगानी थियो । तर, क्षमता विस्तार भएपछि आयाजनाको लागत २ अर्ब ७० करोड रुपैयाँ अनुमान गरिएको छ ।

यस्तै, २३.५२ मेगावाटको बलेफी खोला पनि बलेफी जलविद्युत कम्पनीले उत्पादन अनुमति लिई अघि बढाएको विभागले जनाएको छ । विभागका अनुसार कम्पनीले २०७३ चैत्र १६ गते अनुमति पाएको थियो । २० मेगावाटको तल्लो बलेफी निर्माण गर्न कम्पनीेले गत २०७७ असार ५ गते विभागबाट उत्पादन अनुमति पाएको थियो ।

यस्तै, ४६ मेगावाटको माथिल्लो बेलेफी पनि अध्ययन पूरा भएको छ । सम्झाना आचार्यले बलेफी खोलामा पहिचान गरी अघि बढाएको आयोजनाको अध्ययन पूरा भई उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएका छन् । अनुमति पाएपछि सिभिल संरचनाको काम सुरु हुनेछ ।

विभागका अनुसार यही खोलामा १११.०३ मेगावाटको ४ जलविद्युत आयोजनाको भने अध्ययन भइरहेको छ । ४२.१४ मेगावाटको बलेफी, ३६.५२ मेगावाटको ब्रम्मायानी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्मायानी र १७.२२ मेगावाटको बलेफी क्यासकेडको अध्ययन भइरहेको छ ।

४२ मेगावाटको बलेफी खोला बलेफी इनर्जीले अध्ययन गरीरहेको छ । ब्रम्मायानी र माथिल्लो ब्रम्मायानी आयोजना ब्रम्मायानी हाइड्रोपावर कम्पनीले अध्ययन गरीरहेको छ । यस्तै, बलेफी क्यासकेड बलेफी ‘ए’ को प्रवद्र्धक कम्पनी मुनलाइटले अध्ययन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit