विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माण सम्पन्न माथिल्लो सान्जेनकाे १४.८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेकाे आयोजनाको काम पूरा गरी उत्पादन परीक्षण सुरु गरेको हो ।

आयोजनाको आन्तरिक परीक्षण सम्पन्न गरेर शनिबार (साउन २० गते) देखि उत्पादन परीक्षण सुरु गरेको आयोजना प्रमुख सुदन सिंहले बताए । ‘शनिबारदेखि आयोजनाको विद्युत प्रणालीमा जोडेर परीक्षण गरिरहेका छौ,’ उनले ऊर्जा खबरसँग भने, ‘आगामी एक सातासम्म परीक्षण हुन्छ, त्यसपछि नेपाल विद्युत प्राधिकरणले परीक्षण गर्नेछ ।’  बुधबारदेखि निरन्तररूपमा ४८ घन्टाको परीक्षण सुरु गर्न लागेकाे पनि उनले बताए ।

प्राधिकरणले उत्पादन परीक्षण सुरु गरेपछि दुई साता प्राधिकरणलाई निशुल्क विद्युत दिइनेछ र तत्पश्चात व्यापारिक उत्पादन सुरु गरिनेछ । प्रसारण लाइन समयमा नबनेपछि आयोजनाको विद्युत  वैकल्पिक प्रसारण लाइनमार्फत चिलिमेको विद्युत प्रवाह हुने संरचनामा जाेडिएकाे छ ।  

आयोजनाको विद्युत २२० केभी चिलिमे हब सबस्टेसनमा जोडिनु पर्ने गरी प्रसारण सम्झौता भएको छ । तर, अहिलेसम्म २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइनको निर्माण सम्पन्न भइनसकेकाले वैकल्पिक रूपमा जाेडिएकाे हाे ।

आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले गर्दा चिनियाँ भन्सार नाकाबाट उपकरण आयातमा अवरोध भई आयात हुन ढिला हुँदा उत्पादन ढिला भएको कम्पनीले जानकारी दिएको छ । यो आयोजना सम्पन्न गर्न २ अर्ब २१ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो ।

याे आयोजनाबाट वार्षिक ८५.८७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । जसमा सुख्खायाममा ११.०२ र बर्खायाममा ७४.८५ गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएकाे छ । कम्पनीले २०६९ मंसिर १० गते सिभिल संरचनाकाे ठेक्का सम्झौता गरी निर्माण सुरु गरेको थियो । सम्झौताअनुसार आयोजनाबाट आर्थिक वर्ष २०७७/७८ भित्रै उत्पादन गर्ने लक्ष्य भएपनि विविध कारणले ढिला जनाइएकाे छ ।

यही कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन पनि अन्तिम चरणमा पुगेको छ । यस आयोजनाको सबै काम पुरा गरी आगामी पुसदेखि उत्पानदन थाल्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यस आयोजनाको काम पनि २०७० सालदेखि सुरु गरेको थियो । यो आयोजनाको विद्युत पनि चिलिमे हब–सबस्टेसनमा जोडिनेछ । आयोजना निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो, तर निर्माणमा ढिलाइ, डलरको मूल्यवृद्धि र मुद्रास्फीति र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्न सक्ने सम्भावन रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३