विद्युत अपडेट

  • प्राधिकरण : ६२५० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६२७४ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०१७७ मे.वा.घन्टा
  • आयात : ४७५३ मे.वा.घन्टा
  • निर्यात : ९८ मे.वा.घन्टा
  • ट्रिपिङ : ३५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८०५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७७ मे.वा.
२०८२ माघ ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बाहिरका स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा विस्तार गर्न ३३ केभी लाइन निर्माणको काम सुरु गरेको छ । जिल्लाकाे बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुर्याउन ३३ केभी लाइन विस्तार सुरू गरिएकाे हो ।

कोहलपुर–वीरेन्द्रनगर जोड्ने १३२ केभी लाइन विस्तार ढिला हुने देखिएपछि कैलालीबाट ३३ केभी लाइन निर्माण सुरु गरिएकाे प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएकाे छ। कोहलपुरबाट ल्याइएको विद्युतले सुर्खेतसहित अन्य जिल्लाको भार धान्न नसकेपछि कैलालीबाट थप लाइन वीरेन्द्रनगर ल्याउन लागिएको छ ।

वीरेन्द्रनगर ल्याउन लागिएको लाइन कैलालीका चिसापानी–सोल्टा–बाबियाचौर–बड्डिचौर–बाँगसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदेबुदे सबस्टेसनमा जोडिनेछ । मोहन्याल गाउँपालिकामा विद्युत सेवा विस्तारका लागि सोल्टासम्म ३३ केभी लाइन विस्तार भइसकेको छ  । अब सोल्टादेखि २४ किलोमिटर लामो लाइन विस्तार गरिनेछ ।

यी तीन पालिकाका स्थानीयवासी खमारीखोला लघु जलविद्यत आयोजना र बाबियाचौर लघु जलविद्युत आयोजनाबाट विद्युतीय सेवा लिइरहेका छन् । पश्चिम सुर्खेतमा केन्द्रीय प्रसारण विद्युतको लाइन लिने उद्देश्यका साथ २०७३ सालमा पञ्चपुरी नगरपालिका–६ मा विद्युत सवस्टेसन निर्माण भए पनि प्राधिकरणले हालसम्म पनि उक्त सवस्टेसन प्रसारण लाइनसँग जोड्न सकेको छैन् ।

प्रसारण लाइन लिनका लागि वन क्षेत्र प्रयोग गर्नुपर्ने भएपछि लाइन लिन नसकिएको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणले उक्त क्षेत्रमा खम्बासमेत पुर्याइसकेको छ । विसं २०७३ मा प्राधिकरणले पश्चिम सुर्खेतमा विद्युतीकरण गर्न बाबियाचौरमा सवस्टेसन निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३