विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनकहरुको संस्था, नेपाल (इप्पान) ले आन्तरिक खपतभन्दा बढी हुने विद्युत इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) बजारमा निर्यात गर्ने प्रक्रियालाई स्वागत गरेको छ । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) देखि सुरु गरेको ३६४ मेगावाट विद्युत निर्यात थालनी कार्यलाई इपानले स्वागत गरेको हो ।

इपानले शुक्रबार विज्ञप्ती जारी गर्दै विद्युत निर्यात थालनीले आर्थिक समृद्धि हासिल गर्ने मुलुकको बहुप्रतिक्षित सपना साकार हुने अवस्थाको सुरुवात भएको जनाइएको छ । यसबाट विद्युत व्यापारको क्षेत्रमा नयाँ अध्यायको सुरुवात हुने र आगामी दिनहरूमा यसले थप उचाई प्राप्त भएको इपानको विश्वास छ ।

‘अघिल्लो वर्षको वर्षायाममा ३९ मेगावाट बिजुली निर्यात गर्न सुरु गरेको प्राधिकरणले यो वर्ष ३६४ मेगावाटसम्म निर्यात गर्न सक्ने अवस्थामा पुग्नु अत्यन्त सुखद कुरा हो’, विज्ञप्तीमा भनिएको छ, ‘यसले आगामी दिनहरूमा नेपालको जलविद्युतले छिमेकी मुलुकहरुमा अझै राम्रो बजार प्राप्त गर्न सक्ने आधार र विश्वासको निर्माण गरेको छ ।’

नेपालको विद्युत व्यापारको यस्तो प्रगतिशील कदमले उर्जा क्षेत्रका निजी लगानीकर्ताहरूमा ठूलो आशा, विस्वास र हौसला बढाउनुको साथै यो क्षेत्रमा देशी विदेशी लगानीकर्ताहरू थप आकर्षित गराउने इपानको विश्वास छ । 

प्राधिकरणले थप विद्युत निर्यातका लागि भारतीय कम्पनीहरू मानिकरण पावर लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडलाई टेन्डर छनोट प्रक्रिया अगाडी बढाएको छ । छनोट भएकामध्ये, मानिकरणले प्रतियुनिट भारु ४.८६ (७.७७६ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट र एनभिभिएनले प्रतियुनिट भारु ४.३० (६.८८ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट गरी २०० मेगावाट बिजुली खरिद गर्नेछन् ।

यसबाट प्राधिकरणले आगामी जुलाई १ देखि नोभेम्बर १५ (असार १७ गतेदेखि कात्तिक २९ गते) सम्म ६४ करोड ८० लाख युनिट बिजुली बिक्री गरी ४ अर्ब ७४ करोड ८५ लाख ४४ हजार रुपैयाँ आम्दानी गर्नेछ । सम्झौताअनुसार मानिकरणले एनभिभिएनभन्दा प्राधिकरणलाई २९ करोड ३ लाख रुपैयाँ बढी भुक्तानी गर्नेछ ।

यो उपलब्धीलाई ऊर्जा उत्पादनमा निजी क्षेत्र संलग्न भएको उपजका रुपमा लिएको इपानले जनाएको छ । करिब तीन दशक अघिदेखि ऊर्जा उत्पादनका क्षेत्रमा निजी क्षेत्रको सार्थक सहभागिताका कारण हाल वर्षायाममा १ हजार मेगावाटभन्दा अधिक बिजुली आन्तरिक खपतभन्दा बढी हुन थालेको छ ।

यसरी बढ़ी हुने १ हजार मेगावाटमध्ये ३६४ मेगावाट विनिमय बजारमा तथा २०० मेगावाट मीडियम टर्म बजारमा बिक्री हुनेछ । बाँकी ४३६ मेगावाट को भने अझै बजार खोज्नु पर्ने इपानले जनाएको छ ।

यद्यपि विद्युत व्यापारमा अहिले नेपाल सरकारको मात्र सहभागिता रहेको छ । मुलुकमा बर्षेनी ठूलो परिमाणमा बिद्युत उत्पादन हुन थालेको वर्तमान परिपे्रक्ष्यमा विद्युत उत्पादन, प्रशारण र वितरण अब सरकारले मात्र गर्न संभव छैन । यसका लागि सरकारले बिद्युत व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि मार्गप्रशस्त गरिदिनुपर्छ ।

सरकारले विद्युत व्यापारमा निजी क्षेत्रको सहभागी गराउन भनेर निर्माण गरिरहेको ऐन, कानुन तथा लाइसेन्सको प्रक्रिया अत्यन्त सुस्त गतिमा अघि बढ्दा १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का पुग्ने देखिन्छ ।

तसर्थ, विद्युत व्यापार निजी क्षेत्रको लागि खुल्ला गर्ने कार्यलाई यथाशीघ्र अघि बढाउन इप्पान जोडदार माग गरेको छ । साथै, विद्युत बजारको सुनिश्चितता हुंदै गएको परिप्रेक्ष्यमा निजी क्षेत्रको लगानीमा उत्पादन हुने विद्युतको खरिद बिक्री सम्झौता (पिपिए) पनि सुचारु हुने इप्पानले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit