विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनासहित दिव्यज्योति हाइड्रोपावर प्रालिलाई प्राप्ति (खरिद) गर्ने भएको छ । मंगलबार दिउँसो बसेको कम्पनी सञ्चालक समितिको बैठकले यस्तो निर्याण गरेको हो ।

दिव्यज्योतिले लमजुङमा प्रवर्द्धन गर्न लागेको मर्स्याङ्दी जलविद्युत् आयोजना आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट निर्माण तथा सञ्चालन गर्न उपयुक्त देखिएकोले उक्त आयोजनासहित प्रवर्द्धक कम्पनी प्राप्ति गर्ने निर्णय अपि पावरका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले ऊर्जा खबरसँग बताए ।

उनका अनुसार दिव्यज्योतिमा विद्यमान सेयरधनीहरूको सम्पूर्ण सेयर खरिद गरी कम्पनीकाे व्यवस्थापन पूर्ण रूपमा अपि पावरको स्वामित्वमा रहनेगरी सञ्चालन गर्ने निर्णय गरिएको छ ।

सञ्चालक समितिको बैठकले आयोजनासहित दिव्यज्योतिको सम्पूर्ण सेयर खरिद गर्नका लागि पक्षहरूबीच गर्ने करारनामाको मस्यौदा तथा सर्तहरू निर्धारण गर्ने तथा करारनामामा हस्ताक्षर गर्न पूर्णअधिकार सहित कार्यकारी सञ्चालक न्यौपानेलाई  अख्तियारी समेत प्रदान गरेको छ ।

‘अपि पावरलाई नेपालको निजी क्षेत्रकै सबैभन्दा ठूलो, सेयरधनीलाई बढी प्रतिफल दिने र अब्बल कम्पनीका रूपमा विकास गर्न हामीले यो निर्णय लिएका छौँ,’ उनले भने, ‘जलाशय–पम्प जलाशयसहितका जलविद्युत् आयोजना, ब्याट्री भण्डारण सहितका सौर्य विद्युत् आयोजना, वायु ऊर्जा र हाइड्रोजनसमेत उत्पादन गरी मिश्रित ऊर्जा उत्पादनमा अपि पावरलाई नेपालकै सर्वोत्कृष्ट कम्पनी बनाउने हाम्रो लक्ष्य अनुसार हामी अघि बढिरहेका छौँ ।’

हालसम्म मर्स्याङ्दी आयोजना निर्माणको कुनै पनि काम सुरु नभएकोले दशैँपछि आयोजना निर्माणमा लाने र ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यसमेत अपि पावरले निर्धारण गरिसकेको उनले बताए ।

‘दिव्यज्योतिको सम्पूर्ण स्वामित्व अपिमा आएपछि ५१ प्रतिशत सेयर स्वामित्व अपिको रहने गरी यसमा अन्य प्रवर्द्धकलाई समेत जोड्नेछौँ, साथै सूचीकृत कम्पनी बनाएर सर्वसाधारणको सेयर लगानीलाई समेत सुनिश्चित गर्नेछौँ,’ उनले भने । 

उनका अनुसार अपिले बहुमत सेयर लगानी गरी अघि बढाउन लागेको यो चौथो कम्पनी तथा आयोजना हो । यसअघि २८.३ मेगावाटको मध्य–चमेलिया जलविद्युत् आयोजनाको प्रवर्द्धन गरिरहेको दार्चुला पावर लिमिटेड, ११ मेगावाटको माथिल्लो तादी जलविद्युत् आयोजना निर्माण गरिरहेको सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड र ९.७ मेगावाटको माथिल्लो इङ्वा खोला जलविद्युत् केन्द्रको प्रवर्द्धक इङ्वा हाइड्रोपावर लिमिटेडमा कम्पनीले बहुमत सेयर लगानी गरी नेतृत्व गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३