विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) ले हाइड्रोजन कार भित्र्याएको १० महिनापछि बल्ल प्रधानमन्त्रीले उद्घाटन गरेका छन् । २९औँ दीक्षान्त समारोहअन्तर्गत दोस्रो चरणमा कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले केयू प्रवेशद्वारदेखि समारोहस्थलसम्म हाइड्रोजन कारमा सवार भएर यसको उद्घाटन गरेका हुन् । केयूका कूलपति समेत रहेका प्रधानमन्त्रीले केयू परिसरमा रहेको हरित हाइड्रोजन उत्पादन, भण्डारण तथा रिफ्यूलिङ स्टेशनको पनि उद्घाटन गरेका छन् ।

केयूले २०८० साल कात्तिकमै कोरियाबाट हाइड्रोजन कार भित्र्याएको थियो । त्यस्तै, चीनमा ‘प्रोटोटाइप’ तयार गरी कोरियाली कम्पनीमार्फत आफ्नै उपस्थितिमा एसम्बल गरेर ल्याएको हरित हाइड्रोजन रिफ्यूलिङ स्टेशनका उपकरणसमेत भित्र्याएको थियो । 

विगतदेखि नै हाइड्रोजन ल्याब सञ्चालन गरी हाइड्रोजन उत्पादन गर्दै आएको केयू आफैँले उत्पादन गरेको हाइड्रोजन आफ्नै रिफ्यूलिङ स्टेशनबाट कारमा फ्यूलिङ गरी आफैँले ल्याएको हाइड्रोजन कारमा प्रधामन्त्रीलाई चढाएर उद्घाटन गर्ने इच्छा देखाएको थियो । तर, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको समय अनुकूल नहुँदा यो कार्यक्रम रोकिएको थियो ।

गत साउन १५ गते ऊर्जा खबर र मार्टिन चौतारीले संयुक्तरूपमा आयोजना गरेको ऊर्जा नीति संवादको चौथो श्रृङ्खलाका क्रममा आफ्नो प्रस्तुति दिँदै केयूका सहप्राध्यापक तथा हाइड्रोजन ल्याब प्रमुख डा. विराजसिंह थापाले नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीबाट हाइड्रोजन कारको उद्घाटन गराउने तयारी भइरहेको बताएका थिए । दीक्षान्त समारोहको अवसर पारेर केयूले त्यो मौका छोपेको छ ।

थापाका अनुसार जलवायु परिवर्तनले निम्त्याइरहेको वातावरणीय जोखिमलाई न्यूनीकरण गर्ने तथा जीवाश्म इन्धन खपतको कटौती गर्ने उद्देश्यले केयूले २०७७ साउनदेखि ग्रीन हाइड्रोजन ल्याब नै स्थापना गरी अनुसन्धान तथा प्रयोग गर्दै आएको छ । युरिया मल कारखानाको सञ्चालन, फलाम खनिजको प्रशोधन, तथा सिमेन्ट उद्योेगहरूमा कोइलाको विस्थापनका लागि समेत ग्रीन हाइड्रोजनको प्रयोग गर्ने गरी केयूले अनुसन्धान गरिरहेको छ ।

हाइड्रोजन कार उद्घाटनपछि विश्वविद्यालयमा हाइड्रोजन सम्बन्धी विद्यावाारिधि गर्दै गरेका ५ जना शोधकर्तासँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले नेपाल सरकारले आवश्यक नीति नियम तर्जुमा गर्दै हाइड्रोजन ऊर्जा प्रविधिलाई व्यावसायिक प्रयोजनमा सकेसम्म चाँडो लैजाने बताए । नेपाल सुहाउँदो अनुसन्धान शुरू गरेकोमा उपकूलपति लगायत सम्पूर्ण शोधकर्तालाई ओलीले बधाई तथा शुभकामना समेत दिए । ‘नेपाल आयल निगम भविष्यमा हाइड्रोजन इन्धनको व्यवसाय गरी निर्यात गर्न सक्ने अवस्थामा पुग्ने कुरामा म आशावादी छु,’ उनले भने ।

सह-प्राध्यापक थापाले निकै लामो समय अनुसन्धान गरी स्थापित हाइड्रोजन रिफ्यूलिङ स्टेशनको उद्घाटनपछि नेपाल हाइड्रोजन युगमा प्रवेश गरेको मान्न सकिने बताए । ‘काठमाडौँ विश्वविद्यालयको अनुसन्धानले हाइड्रोजनको प्रयोग मार्फत उद्योेगहरूमा प्रयोग हुने जीवाश्म इन्धनको प्रतिस्थापन हुने सम्भाव्यतालाई प्रमाणित गरिसकेको छ,’ उनले भने ।

सरकारले ऊर्जा मन्त्रालयमार्फत केयूका विज्ञ प्रतिनिधि समेत संलग्न कार्यदल गठन गरी राष्ट्रिय हाइड्रोजन नीति २०८० पारित गरिसकेको छ । यस नीतिलाई व्यावसायिक परियोजनामा कार्यान्वयन गर्न आवश्यक ऐन, नियम, निर्देशिका, र कार्यविधि निर्माण गर्नुपर्ने खाँचो देखिएको छ ।

सम्बन्धित समाचार : केयूले ल्यायो नेपालमै पहिलो हाइड्रोजन कार र रिफ्यूलिङ स्टेशन 

                              नेपालमै पहिलो पटक कारमा ग्रिन हाइड्रोजन रिफ्यूलिङ सुरु 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३