विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङमा निर्माणाधीन दोर्दी खोला जलविद्युत आयोजनाको २७ मेगावाट विद्युत चालू आर्थिक वर्षको असार मसान्तभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । निर्माण पूरा हुने चरणमा पुगेको आयोजनाबाट अबको २ महिनाभित्र विद्युत उत्पादन सुरु हुन लागेको हो ।

आयोजनाबाट जेठ मसान्तभित्र नै विद्युत उत्पादन गर्ने भनिएकोमा कोरोना (कोभिड–१९) महामारीको संक्रमण नियन्त्रण गर्न लगाइएको निशेधाज्ञाका कारण काम प्रभावित हुँदा असार मसान्तसम्म धकेलिने देखिएको हो । लक्ष्यभन्दा झण्डै ३ वर्ष ढिलो गरी आयोजनाबाट विद्युत उत्पादन सुरु हुन लागेको प्रवर्द्धक हिमालयन पावर पार्टनर कम्पनीका कार्यकारी निर्देशक गुरूप्रसाद ढकालले बताए । 

‘१ वर्ष जति हाम्रो कारणले ढिलो भयो,’ उनले ऊर्जा खबरसँग भने, ‘अरु २ वर्ष प्रसारण लाइनको समस्याले ढिलो भएकोमा अब भने विद्युत उत्पादन सुरु गर्ने चरणमा आयोजना पुगेको छ ।’ विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा आयोजनाको निर्माण गति पनि सुस्त गतिमा अघि बढाएकाले लक्ष्यभन्दा ढिलो गरी विद्युत उत्पादन सुरु हुने अवस्था आएको पनि उनले बताए । 

विद्युत उत्पादन सुरु गर्नुअघि आयोजनाको बाँध क्षेत्रका संरचनामा पानी भरेर परीक्षण गरिएको छ । बाँध र डिसेन्डिङ बेसिनको अवस्था ठिक छ/छैन भनेर हेर्न पानी भरेर परीक्षण गरिरहेको ढकालले जानकारी दिए । बाँध क्षेत्रका संरचनाको परीक्षण सोमबार सकिन लागेको उनले बताए । बाँध क्षेत्रको परीक्षण सफल भएको उनको दाबी छ ।

अब आयोजनामा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फ थोरै काम बाँकी छ । हाइड्रोमेकानिकलतर्फ माछापुच्छ्र मेटलले गर्ने थोरै काम नसकिएकाले सुरुङको परीक्षण सुरु हुन सकेको छैन ।

इलेक्ट्रोमेकानिकलतर्फ पनि विद्युतगृहमा जेनेरेटर जोड्न बाँकी छ । इलेक्ट्रोमेकानिकलतर्फको केही उपकरण भारतबाट आउन सकेको छैन । ठेकेदार भाेइथ हाइड्रोका प्राविधिक भारतबाट आउनु पर्ने भएको हुँदा कोरोना (कोभिड–१९) को संक्रमण बढिरहेकाले उतै रोकिएको ढकालले बताए ।

अवस्था सामान्य हुँदा आयोजनामा अब १ महिनाको काम मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ । आयोजना सञ्चालनमा आएपछि उत्पादन हुने विद्युत  किर्तीपुर सबस्टेसनमा जोडिनेछ ।

सुरुमा उदिपुरमा जाेड्ने प्रसारण सम्झाैता भए पनि संरचना तयार भइनसकेकाले किर्तीपुर सबस्टेसनबाट उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन हुँदै मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डमा लगेर जोडिने भएको छ ।

आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी किर्तीपुर–उदिपुर प्रसारण लाइन पूरा भइसकेको छ । कीर्तिपुर–उदिपुर प्रसारण लाइन पूरा भइसके पनि २२० केभी उदिपुर–मार्कीचोक प्रसारण लाइन अझै पूरा भइसकेको छैन । प्रसारण लाइनको २ वटा टावर ठड्याउन तथा तार तान्न बाँकी छ ।

नेपाल विद्युत प्राधिकरणले टावर ठड्याउने र तार तान्ने काम जेठभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउने बताएको छ । दोर्दी कोरिडोरमा निर्माणाधीन आयोजनाको विद्युत खेर जान नदिने उद्देश्यले उदिपुर-मार्कीचोक-भरतपुर खण्डको ६ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।

२२० केभीको प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरेर तत्कालका दोर्दी कोरिडोरको विद्युत मध्यमर्स्याङ्दीको स्वीचयार्डमा पुर्याइने छ । उदिपुर सबस्टेसन सम्पन्न भइसकेपछि फेरि किर्तीपुरकाे लाेड उदीपुरमा सारिनेछ ।  

आयोजनाको निर्माण अवधि लम्बिँदा लागत पनि बढेर ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । निर्माण लम्बिँदा बैंकको ब्याज बढेकाले लागत स्वतः बढेको ढकालले बताए । आयोजनामा प्राइम कमर्सियल बैंकको अगुवाईमा ८ बैंकको लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit