विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सूदुरपश्चिम प्रदेशमा निर्माणधीन १५.३३ मेगावाटको कालंलागाड जलविद्युत आयोजनाको संरचना तथा उपकरण परीक्षण (ड्राई टेष्ट)  काे काम अबको ३ सातामा सुरु गरिने भएको छ । बझाङको कालंगा बेसिनमा निर्माणाधीन आयोजनाकाे संरचना तथा जडान भएका उपकरणकाे परीक्षण सुरु गर्न लागिएको हो ।

आयोजनाको उपकरण जडानको काम अन्तिम चरणमा पुगेकाले परीक्षण सुरु गर्ने तयारी भइरहेकाे प्रवर्द्धक कालंगा हाइड्रो इनर्जी कम्पनीका सञ्चालक  पुष्प चित्रकारले बताए । उनका अनुसार आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि जडान भएका हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण सही छन् कि छैनन् भनी परीक्षण गर्न लागिएकाे हाे ।

जडान भएका उपकरणकाे परीक्षण असोजभित्र पूरा गर्ने लक्ष्य रहेकाे उनले बताए । आयोजनाको काम पूरा हुने चरणमा पुगे पनि कम्पनीले निर्माण गरिरहेकाे प्रसारण लाइनको काम पूरा भइनसकेकाले विद्युत उत्पादनकाे तालिका मंसिरमा सरेको पनि चित्रकारले बताए । प्रसारण लाइनकाे काम पूरा गरेर आयोजनाबाट मंसिरदेखि विद्युत उत्पादन सुरु गरिने भएकाे छ । 

नेपाल विद्युत प्राधिकरणको बलाँच सबस्टेसनसम्म पुग्ने ३७ किलोमिटर लामो प्रसारण लाइन निर्माण ठेक्का पाएकाे ठेकेदारले काममा गति दिन नसक्दा  उत्पादन तालिका सरेको कम्पनीले जनाएको छ । ठेकेदारले प्रसारण लाइनको काम अन्तिम चरणमा पुर्याएकाे छ ।

‘आयोजनाबाट गत असारमा काम सम्पन्न गरी साउनदेखि विद्युत उत्पादन गर्ने तालिका थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘तर असार ८ गतेको भीषण बाढीले संरचनामा क्षति पुर्याएकोले त्यसको मर्मत तथा पुनर्निर्माण गनुपर्ने हुँदा विद्युत उत्पादन तालिका असाेजमा सारेका थियाैं। असाेजमा ल्याउन प्रसारण लाइन तयार नभएकाले सम्भव भएन । अब २ महिना ढिलाे गरी उत्पादन सुरु हुन्छ ’

उनले अघिल्लो पटकको बाढीले आयोजनामा असर नगरेपनि पछिल्लो पटक आएको बाढी र पहिरोले क्षति पुर्याएको उनले जानकारी दिए । कोरोना (कोभिड–१९) महामारीको असरले उपकरण आयात प्रभावित हुँदा निर्माणमा भएको ढिलाइ, गत असारमा आएको बाढी र पहिरोका कारण र अहिले प्रसारण लाइनका कारणा आयोजनाको उत्पादन पटक–पटक सर्दै आएको छ ।  

आयोजना सम्पन्न गर्न ३ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् ।

बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ । कालंगा बेसिनमा कालंगागाडसहित ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड र १०.७ मेगावाटको सानीगाड निर्माणाधीन छन् । ३ वटै आयोजना एउटै समूहले निर्माण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit