विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । साताकाे हरेक शुक्रबार ऊर्जा खबरले प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत  यो साता हामीले प्रसारण (ट्रान्समिसन) लाइनका विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता विद्युत् सर्किटमा प्रयोग हुने एमसिबी तथा एमसिसिबीका समस्या र समाधान बारे जानकारी प्रस्तुत गरेका थियौँ ।

१. विद्युत् प्रसारण लाइन लाइन भनेको के हो ?

उत्तरः प्रसारण लाइन भनेको एक विशेष संरचना हो, जुन विद्युत् ऊर्जा वा संकेतहरूलाई एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्न निर्माण गरिएको हुन्छ । यो विद्युत् पावर प्रणाली र दूरसञ्चार सञ्जालको संरचनाको प्रमुख घटकहरूमध्ये एक हो । प्रसारण लाइनहरू उच्च भोल्टेजको विद्युत् ऊर्जा वा उच्च आवृत्तिका संकेतहरूलाई धेरै लामो दूरीसम्म सबैभन्दा कुशल रूपमा ढुवानी गर्न डिजाइन गरिएको हुन्छ ।

२. प्रसारण लाइनको वर्गिकरण

लम्बाईका आधारमा प्रसारण लाइनलाई ३ भागमा वर्गीकरण गरिएको छ :

१. छोटो प्रसारण लाइन (एसटिएल) : ५० किलोमिटरसम्मको प्रसारण लाइनलाई छोटो प्रसारण लाइन भन्ने गरिन्छ । यस्तो लाइनमा साधारणतया ३३ केभीसम्मको भोल्टेज प्रसारण गरिन्छ । यसका अतिरिक्त यस्तो लाइनमा क्षमताको प्रभाव नगण्य तर अधिष्ठापन (इन्डक्टेन्स) को प्रभाव हुने भएकोले एसटिएलको पारामिटरहरू (परिमाप) मा प्रतिरोधी र अधिष्ठापनलाई मात्र लिने गरिन्छ । यिनीहरू सिरिज कनेक्सनको अवस्थामा रहन्छन् ।

२. मध्यम (मिडियम) प्रसारण लाइन (एमटिएल) : ५० देखि १५० किलोमिटरसम्मको लाइनलाई एमटिएल भन्ने गरिन्छ । यस्तो लाइनमा प्रसारण गरिने भोल्टेज ३३ केभीदेखि माथि ६६ केभीसम्मको हुन्छ । यतिसम्मको लामो लाइनमा क्षमताको पनि प्रभाव देखिने भएकोले एमटिएलका पारामिटरहरूमा यसलाई पनि समावेश गरिन्छ ।

३. लामो प्रसारण लाइन : १५० किलोमिटरभन्दा लामो लाइन यस श्रेणीभित्र आउँदछ र यसबाट १३२ केभी वा सोभन्दा बढीको भोल्टेज प्रसारित गरिन्छ । यस्तो लामो लाइनमा क्षमताको प्रभाव राम्रो देखिने भएकोले प्रसारण लाइनलाई थुप्रै खण्डमा बाँडी सोहीअनुसार प्रसारण लाइनसम्बन्धी हिसाब गर्ने गरिन्छ ।
बहु–वैकल्पिक प्रश्नहरू

(१) कुन भोल्टेजलाई प्रसारण भोल्टेज भनिन्छ ?

(क) ११ केभी
(ख) ३३ केभी
(ग) १३२ केभी
(घ) ४०० भोल्ट

उत्तरः १३२ केभी

(२) प्रसारण लाइनको विद्युत् शक्तिको ह्रास घटाउन के गर्नु पर्दछ ?

(क) भोल्टेज बढाउनु पर्दछ
(ख) भोल्टेज घटाउनु पर्दछ
(ग) अधिष्ठापन बढाउनु पर्दछ
(घ) क्षमता थप्नु पर्दछ

उत्तरः भोल्टेज बढाउनु पर्दछ

(३) विद्युत् शक्तिको ह्रास र प्रसारण भोल्टेजको सम्बन्ध के हो ?

(क) भोल्टेजको वर्गसँग विपरीत (प्रतिलोम) अनुपातमा हुन्छ ।
(ख) भोल्टेजसँग प्रत्यक्ष अनुपातमा हुन्छ ।
(ग) भोल्टेजको बराबर हुन्छ ।
(घ) करेन्टसँग विपरीत अनुपातमा हुन्छ । 

उत्तरः भोल्टेजको वर्गसँग विपरीत (प्रतिलोम) अनुपातमा हुन्छ ।

(४) चालकको प्रतिरोध के हो ?

(क) विशिष्ट प्रतिरोधसँग अनुपातमा हुन्छ
(ख) यसको लम्बाइसँग अनुपातमा हुन्छ 
(ग) क्षेत्रफलसँग प्रतिलोम अनुपातमा हुन्छ 
(घ) माथिका सबै

उत्तरः माथिका सबै 

(५) ग्राहको लागि तुलनात्मक दृष्टिकोणले कुन नियमन (रेगुलेसन) राम्रो हो ?

(क) ५ प्रतिशत
(ख) २ प्रतिशत
(ग) ७ प्रतिशत
(घ) १० प्रतिशत

उत्तरः २ प्रतिशत

(६)  मध्यम प्रसारण लाइनको हिसाब गर्दा क्यापासिटरलाई साधारणतः कति ठाँउमा देखाउने गरिन्छ ?

(क) ०
(ख) १–२
(ग) ४–५
(घ) ६–७

उत्तरः १–२

(७) लामो प्रसारण लाइनको हिसाब गर्दा क्यापासिटरलाई साधारणतया कति ठाँउमा देखाउने गरिन्छ ?

(क) ०
(ख) १२
(ग) ६७
(घ) धेरै ठाँउहरूमा

उत्तरः धेरै ठाँउहरूमा

अघिल्लाे साता प्रस्तुत ऊर्जा ज्ञान यहाँबाट लिनुहाेस् ः विद्युत् सर्किटमा प्रयोग हुने एमसिबी तथा एमसिसिबीका समस्या र समाधान 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३