विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको साप्ताहिक स्तम्भ ‘ऊर्जा ज्ञान’ विषयक जानकारीमूलक सतम्भमा यो साता अर्थात् आज जलविद्युत्‌का फाइदा र बेफाइदाबारे जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता जलविद्युत्‌का प्रकार र यसका महत्त्वपूर्ण अंगहरूबारे उल्लेख गरेका थियौँ ।

१. जलविद्युत्‌का फाइदा :

शक्तिको श्रोत अर्थात् पानी स्वदेशमै प्रशस्त मात्रामा छ, यसको लागि विदेशी मुद्रा चाहिँदैन, परनिर्भर रहनु पर्दैन ।

यो सस्तो पर्दछ, नेपाल विद्युत् प्राधिकरणकै महसुल दरबाट थाहा हुन्छ । 

एउटै पानीलाई क्यास्केडिङको रूपमा पटक पटक प्रयोगमा ल्याउन सकिन्छ । उदाहरणका लागि कूलेखानी १, २ र ३ लाई लिन सकिन्छ । 

पार्टपूर्जा बिग्रिए पनि नेपालमै प्रायः मर्मत गर्न सकिन्छ ।

वातावरणमैत्री अर्थात् कुनै प्रदूषण ल्याउँदैन । 

जलविद्युत् केन्द्र चलाउन सजिलो पनि छ । 

यसको संरचना वर्षौंसम्म टिक्दछ । उदाहरणको लागि ५०० किलोवाटको फर्पिङ जलविद्युत् केन्द्रलाई लिन सकिन्छ, निर्माण भएको १०० वर्ष भइसक्यो, तैपनि चल्दैछ ।

ठूला जलाशययुक्त जलविद्युत् गृहको जलाशयलाई माछापालन वा जलविहार सहितको मनोरञ्जन स्थलको रूपमा विकास गर्न सकिन्छ ।

बहु–उद्देश्यका साथ निर्माण भएको जलविद्युत गृहबाट सिँचाइसमेत गर्न सकिन्छ ।

२. जलविद्युत्‌का बेफाइदा :

शुरूमा धेरै लगानी गर्नु पर्ने । ठाउँ (साइट) हेरि एक मेगावाटको करिब २० करोडसम्म लाग्दछ ।

सुख्खायाममा पानी न्यून हुनाले खास गरेर रन अफ रिभरप्रतिको विद्युत्गृहमा क्षमताको करिब एकतिहाई विद्युत् उत्पादन हुने गर्दछ ।

जलाशय (रिजर्भभ्वायर) को विद्युत्गृह बनाउँदा घर बस्तीहरू डुवानमा परी हटाउनु पर्ने, जङ्गल पनि डुबानमा पर्ने भई वनस्पति, वन्यजन्तुका साथै जलप्राणीमा समेत वातावरणीय नकारात्मक प्रभाव पर्ने ।

बहु–वैकल्पिक प्रश्नोत्तर

१. सूर्यबाट पृथ्वीको सतहमा प्रतिवर्ग मिटर साधारणतः कति वाट शक्ति प्राप्त भइरहेको हुन्छ ? 
    (क) १०००
    (ख) २०००
    (ग) ३०००
    (घ) ४०००
उत्तर : १०००

२. सोलार प्यानलको आयु करिब वर्षको हुन्छ ?
    (क) २५
    (ख) ५०
    (ग) १०
    (घ) ८०
उत्तर : २५

३. सोलार प्यानलबाट निस्कने कुन प्रकारको विद्युत् शक्ति हो ?
    (क) एसी 
    (ख) डिसी
    (ग) दुवै
    (घ) कुनै पनि होइन
उत्तर : डिसी

४. एनिमोमिटरले के नाप्ने काम गर्दछ ?

    (क) वायूको ताप
    (ख) वायूको गति
    (ग) वायूको आद्रता
    (घ) वायूको दबाब
उत्तर : वायूको गति

५. ‘हाइ हेड, लो डिस्चार्ज’मा कुन प्रकारको टर्बाइन प्रयोग गरिन्छ ?
    (क) पेल्टन 
    (ख) फ्रान्सिस
    (ग) क्रसफ्लो
    (घ काप्लान
उत्तर : पेल्टन

६.  तल उल्लेखित विभिन्न स्रोतमा आधारित विद्युत् गृहमध्ये लगानी धेरै तर सञ्चालन खर्च थोरै हुने विद्युत् गृह कुन हो ?
     (क) हाइड्रो
     (ख) न्यूक्लिएर
     (ग) कोल
     (घ) डिजेल
उत्तर : हाइड्रो

७. नेपाल–भारत सीमा नजिक निर्मित नेपालको स्वामित्वमा रहेको जलविद्युत्को नाम के हो ?

       (क) गण्डक
       (ख) देवीघाट
        (ग) त्रिशुली
        (घ) चतरा
उत्तर : गण्डक

८. पेल्ट्रिक सेट कुन कारणले सस्तो पर्दछ ?

       (क) बाँध बनाउनु पर्दैन
       (ख) पेनस्टकका लागि एचडीपी पाइप भए पुग्छ
       (ग) एउटा सेटमा सबै कुरो हुन्छ
       (घ) माथि उल्लेखित सबै
उत्तर : माथि उल्लेखित सबै

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३