विद्युत अपडेट

  • प्राधिकरण : ८२५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १०९०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६३५३ मे.वा.घन्टा
  • आयात : २९९५ मे.वा.घन्टा
  • निर्यात : ३८५९ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४८५३६ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २२७८ मे.वा.
२०८२ जेठ १९, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अमेरिकी अनुदान सहयोगमा निर्माण अगाडि बढाइएको ४०० केभी प्रसारण लाइन, सबस्टेसन तथा सडक मर्मत परियोजनाका सम्बन्धमा अमेरिकी राजदूत डिन आर थम्पसनसँग छलफल भएको छ । आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँगको भेटमा उक्त विषयमा छलफल भएको हो ।

राजदूतसँगको भेटका क्रममा मन्त्री खड्काले एमसिसी मार्फत अगाडि बढाइएका परियोजनाको काम निरन्तर अगाडि बढिरहे पनि केही समयदेखि होल्ड भएकाले अन्यौलता सिर्जना भएको बताए । यी परियोजना निरन्तर अगाडि बढ्ने र ऊर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने मन्त्री खड्काले विश्वास व्यक्त गरे ।

सोही क्रममा राजदूत थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए । एमसिसी परियोजना अगाडि बढाउन हरसम्भव पहल र प्रयास भइरहेको उनको भनाइ थियो । उनले एमसिसी अन्तर्गत अगाडि बढाइएका परियोजनालाई निरन्तर अगाडि बढाउन सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका लागि आग्रह गरे । 

एमसिसी अन्तर्गत सञ्चालित परियोजनाका लागि अमेरिकाले ५० करोड अमेरिकी डलर र नेपालले १९ करोड ७० लाख डलर लगानी गर्ने सम्झौता छ । उक्त परियोजना अन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बुटवल र बुटवलदेखि नेपाल–भारत सीमा (गोरखपुर) सम्म ४०० केभी प्रसारण लाइन र सम्बद्ध सबस्टेसन निर्माण हुनेछन् । साथै, सडक मर्मत परियोजना समेत रहेको छ ।

२०८१ साल माघ ७ गते अर्थात् जनवरी २०,२०२५ मा वैदेशिक सहयोगमा रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ट ड्रमको निर्देशनपछि एमसिसी परियोजनाका काम अगाडि बढ्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३