विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सानिमा माई हाइड्रो पावर कम्पनीले ६ महिना अवधिमा ३७ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा सो मुनाफा कमाएको हो ।

साउनदेखि पुससम्मको अवधिमा ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिलेको खुद नाफा गत वर्षको यही समयअवधिको तुलनामा बढेको हो ।  गत वर्ष ३१ करोड ४८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीले २२ मेगावाटको माई खोला र ७ मेगावाटको माई क्यासकेड जलविद्युत आयोजनाको विद्युत बिक्री गरी ५७ करोड ६५ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी पनि गत वर्षको तुलनामा बढेको कम्पनीले जनाएको छ । गत वर्ष ५४ करोड ६५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, नेपाल हाइड्रो डेभलपर कम्पनीले पनि २ करोड ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार नाफा कमाएको देखिएको हो । यो नाफा गत वर्षको तुलनामा बढेको कम्पनीले जनाएको छ । गत वर्ष १ करोड १८ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ४९ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी पनि गत वर्षको तुलनामा बढेको हो । गत वर्ष ४ करोड ३३ लाख ५० हजार आम्दानी गरेको छ ।

यो अवधिमा हिमालय ऊर्जा विकास कम्पनी भने घाटामा देखिएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार १ लाख ४० हजार रुपैयाँ घाटामा देखिएको छ । गत वर्ष यही अवधिमा ३ लाख १२ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको रामेछापमा निर्माण सम्पन्न १९ मेगावाटको दुई जलविद्युत आयोजनाको विद्युत खेर गइरहेको छ । विद्युत जोडिने १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन पूरा नहुँदा लामो समयदेखि विद्युत खेर गइरहेको छ । कम्पनीको विद्युत खेर जादा मासिक ६ करोड ४९ लाख रुपैयाँ विद्युत आम्दानी गुमाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit