विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दुई वर्षभित्र नेपालका ठूला मुख्य शहरमा ५ सय विद्युतीय बस सञ्चालनमा ल्याइने भएको छ । सुन्दर यातायात ट्रेडर्सले आयात तथा उत्पादन गरेको विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएकाे हाे ।

ट्रेडर्सले ५ सय विद्युतीय बस खरिदका लागि संयुक्त अरब इमिरेट्स (युएई) को कम्पनी काशिस ई मोबिलिटी प्रालिसँग सम्झौता गरेको छ ।सम्झौताअनुसार आगामी दुई वर्षभित्र नेपालका मुख्य शहरमा ५ सय विद्युतीय बस सञ्चालन गरिने ट्रेडर्सका अध्यक्ष भेष बहादुर थापाले बताए ।

उनले काशिसले विद्युतीय सवारीसाधनको आपूर्ति र प्राविधिक सहयोग गर्नेछ । काशिसको एसेम्बल प्लान्ट भारतमा सञ्चालित छ ।

काशिसले जर्मन प्रविधियुक्त युरा बस आपूर्ति गर्दै आएको छ । त्यहाँबाट आयात गरिने विद्युतीय बसकाे भुक्तानी अवधि ८ वर्षको हुने पनि थापाले बताए ।

काशिसले उत्पादन गरेर सुन्दर यातायातलाई बिक्री गर्ने ५ सयमध्ये  सय वटा तयार भएका विद्युतीय बस आयात गरिनेछ । बाँकी, आवश्यक सामाग्री ल्याएर रुपेन्देहीको सैनामैनामा निर्माण सुरु हुन लागेको एसेम्बल प्लान्टबाट उत्पादन गरिनेछ ।

आयात गरिने तयारी विद्युतीय बसमध्ये अबको ६० दिन (दुई महिना) भित्र २० वटा आइपुग्ने थापाले जानकारी दिए । बाँकी ८० वटा विद्युतीइ बस विस्तारै थप गर्दै जाने सुन्दर यातायातकाे तयारी छ । यी विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ पोर्टहरू काशिसले नै उपलब्ध गराउने छ ।

एसेम्बल प्लान्टको डीपीआर ८० प्रतिशत तयार भइसकेकाले अब छिटै टेण्डर (ठेक्का) प्रक्रियामा जाने पनि थापाले बताए । एसेम्बल प्लान्टको निर्माण सम्पन्न गर्न ८ अर्ब ५० करोड देखि ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनी चीनबाट गाडीका पार्टपुर्जा ल्याएर एसेम्बल गर्दा एउटा बसमा कम्तीमा २० देखि २२ लाख रूपैयाँ सस्तो पर्नेछ । यस प्लान्टबाट करीब ३ सय जनाले रोजगारीको अवसर पाउनेछन् ।

बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनियरिङ प्रालिको सहकार्यमा नेपालमा विद्युतीय सवारीसाधन उत्पादन गर्न लागिएको हो । अहिलेसम्म ट्रेडर्सले ७ वटा विद्युतीय बस ल्याइसकेको छ । जसमा ४ वटा चक्रपथमा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३