विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सञ्चालित १३२ केभी न्यू खिम्ती-लामोसाँघु काठमाडौं प्रसारण लाइन १ महिनाका लागि बन्द गरेकाे छ । प्राधिकरणले प्रसारण लाइनकाे विभिन्न खण्डमा रहेकाे पुरानो जीर्ण कन्डक्टर बदली गर्नका लागी लाइन बन्द गरेकाे हाे ।

प्रसारण लाइन आज (असोज ७ गते)देखि कात्तिक ३ गतेसम्मका लागि बन्द गरी कन्डक्टर बदलीकाे काम सुरु गरेकाे प्राधिकरणले जनाएको छ । प्रसारण लाइन बन्द (सटडाउन) हुँदा विद्यमान न्यू खिम्ती, लामोसाँघु तथा भक्तपुर १३२ केभी सबस्टेसनमा असर पर्नेछ ।

कन्डक्टर बदलीकाे काम गर्दा न्यू खिम्ती तथा लामोसाँघु सबस्टेसनहरूबाट निकालिएका ३३ केभी लाइन तथा ११ केभी फिडरहरूबाट भइरहेकाे विद्युत आपूर्ति बन्द हुने प्राधिकरणल जानकारी दिएको छ । विद्युत दैनिक बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा निर्धारित समय अगावै सेवा सुचारु गरिने पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit