विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण ६० प्रतिशत पूरा भएको छ । प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेकाे आयोजनाको आधाभन्दा बढी काम सकिएकाे छ । 

अहिले आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहका संरचनाको निर्माण तीव्र गतिमा भइरहेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।  २०७७ साउनदेखि निर्माण सुरु भएको आयोजना २७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिका अनुसार नै काम अघि बढेकाले तोकिएको समयमा नै उत्पादन सुरु हुने उनले बताए । 

सिभिल कार्यकाे प्रगति

आयोजनाको सिभिलतर्फको निर्माण ५० प्रतिशत बढी पूरा भएको छ । बाँध क्षेत्रमा अन्डर स्लुइस, इन्टेक, ग्रावेल ट्रयाप, सेटलिङ बेसिनलगायतका संरचनाकाे काम भइरहेको छ । ६.२ किलोमिटर लामो पाइपलाइनको पाइप बिछ्याउने तथा जग खन्ने काम भइरहेको छ । विद्युतगृहकाे निर्माण कार्य पनि तिव्र गतिमा अघि बढेको छ ।

आयोजनाको सिभिल संरचनाको काम रसुवा–लुना (जेभी) ले गरिरहेको छ । आयोजनाकाे सिभिल संरचना निर्माणका लागि १४ वटा कम्पनीले आवेदन दिएका थिए । जसमा कम्पनीको तोकिएको मापदण्डका आधारमा मुल्याङ्कन गरी रसुवा–लुना (जेभी) कम्पनीसँग सम्झौता गरी काम सुरु गरिएको हो ।

हाइड्रोमेकानिकल कार्यकाे प्रगति

हाइड्रोमेकानिकलतर्फकाे काम भारतीय कम्पनी विल्सपुनले गरिरहेको छ । हाइड्रोमेकानिकल कार्यका लागि विभिन्न देशका १७ वटा कम्पनीकाे आवेदन परेकाेमा विल्सपुनसँग सम्झौता गरेकाले याे कम्पनीले काम गरिरहेकाे हाे ।

ठेकेदारसँग पहिलो, दोस्रो र तेस्रो लटको पाइप  ठेक्का सम्झौता भएकाेमा अहिले आयोजनास्थलमा २ लटको सामान आइपुगेको कम्पनीले जनाएकाे छ । आयोजनामा प्रयोग हुने ८ हजार टन पाइपमध्ये ४ हजार टन पाइप आयोजना स्थलमा आइसकेको छ । बाँकी आगामी ३ महिनाभित्र आइपुग्नेछ ।

हाइड्रोमेकानिकलतर्फको आयोजनाको बाँध क्षेत्रको गेटको काम र स्पाइरल पाइपको जडान कार्य भइरहेको छ । यसको जिम्मा नेपाली कम्पनी डाउन–पारा (जेभी) ले पाएको छ । याे कम्पनीले १५ सय मिटर बढी पाइप जडान गरिसकेको छ ।

इलेक्ट्रिोमेकानिकल कार्यकाे प्रगति

इलेक्ट्रिोमेकानिकलतर्फकाे कार्यकाे ठेक्का अष्ट्रियन कम्पनी ग्लोबल हाइड्रोले पाएको छ । इलेक्ट्रोमेकानिकलको लागि करिब १४ कम्पनीले आवेदन दिएका थिए । कम्पनीले मुल्याङ्कन समिति गठन गरी पहिलो पटक ७ वटा बोलपत्र, दोस्रो पटकमा ५ वटा र तेस्रो पटकमा ३ वटा बोलपत्र सर्टलिस्टमा छनोट गरी अन्तिममा अष्ट्रियन कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको कम्पनीले जनाएको छ ।

प्रसारण लाइन

आयोजनाको विद्युत नेपाल विद्युत प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न जेड इन्फ्रा प्रालिसँग सम्झौता गरेको छ ।

यसअघि लाइन सिंगल सर्किटमा निर्माण गर्न अनुमति प्राप्त गरेकोमा आयोजनाका तलमाथि निर्माणाधीन केही आयोजनाले पनि यही लाइनमार्फत विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने भएपछि डबल सर्किटमा निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ ।

वित्तीय व्यवस्थापन

आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

एनएमबीले २ अर्ब २० करोड, कर्मचारी संचय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैैयाँ ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

उत्पादन तालिका

आयोजनाबाट २०७९ साल भदौदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य थियो । सरकारले कोरोना महामारीका कारण ढिलो भएका आयोजनाको निर्माण अवधि १ वर्ष थप गरिदिएकाले अब २०८० साल भदौदेखि विद्युत उत्पादन सुरु गर्ने नयाँ तालिका पाएको कम्पनीले जनाएको छ ।

एक वर्षको थप सयम पाए पनि आयोजना पहिलो तालिकाभित्र पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको पोखरेलले बताए । नेपाल विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्ने गर्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit