विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नुवाकोटमा ११ मेगावाटको माथिल्लो तादी जलविद्युत् आयोजना निर्माण गरिरहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीले यही बैशाख २३ गते उक्त अनुमति प्राप्त गरेको हो ।

कम्पनीका अनुसार १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको प्राथमिक सेयर निष्कासन हुनेछ । प्राथमिक सेयर निष्कासनका लागि कम्पनी र कुमारी क्यापिटलबिच यसअघि नै सम्झौता भएको छ ।

यसैगरी, सेयर प्रत्याभूतिको जिम्मेवारी नेपाल एसबिआई क्यापिटले लिएको छ । आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाई तथा नेपाल एसबिआई बैंकले लगानी गरेका छन् । हालसम्म करिब ७० प्रतिशत कार्य सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

दुप्चेश्वर गाउँपालिकामा आयोजना निर्माण भइरहेको सूर्यकुण्ड कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ । यस्तै, आयोजना निर्माणपश्चात् अपि पावरका सेयरधनीलाई थप मुनाफा दिन सकिने कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले बताए । उनका अनुसार आयोजनाको सम्पूर्ण काम आगामी माघभित्र पूरा हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको समुन्द्रटार सबस्टेसनमा जडान हुनेछ । साथै, यसले काठमाडौँ उपत्यकाका लागि अझ भरपर्दो विद्युत् आपूर्तिमा ठूलो मद्दत पु¥याउने छ । आयोजनामा भारतको फ्लोभेल इनर्जीद्वारा उत्पादित अत्याधुनिक उपकरणहरू जडान गरिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit