विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछापको उच्च हिमाली क्षेत्रमा ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको भिजन इनर्जी एण्ड पावर लिमिटेडले ६५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हाे ।

कम्पनीले १०० रुपैयाँ मूल्य अंकित ६५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेडसँग आज (मंसिर २३ गते) सम्झौता गरेको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष टि.एन. आचार्य र क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

जारी पुँजीकाे १० प्रतिशतले हुन आउने ३२ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र बाँकी १० प्रतिशतले हुन आउने ३२ लाख ५० हजार कित्ता गरी २० प्रतिशत (६५ लाख कित्ता) काे सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजनाको भाैतिक हालसम्म करिब ४० प्रतिशतभन्दा बढी पूरा भएको छ । सामुहिक लगानी, सुशासन, पारदर्शिता जस्ता पक्षलाई प्राथमिकतामा राखेको हुँदा निर्माण सुरु भएको एक वर्षमै करिब आधा काम सकिएको कम्पनीले जनाएको छ ।

आयाेजनाको बाँध समुद्र सतहदेखि ३३४० मिटर उचाईमा र विद्युतगृह करिब २६०० मिटरमा निर्माण भइरहेको छ । कम्पनीका अनुसार नुप्चेको छाँगे र लिखु खोलाको गोण्डाखर्कमा आयोजनाको बाँध निर्माण भइरहेको छ । यस्तै, ८.२ किलोमिटर सुरुङ र १.६ किलोमिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ ।

“राष्ट्रको समृद्धिको लागि ऊर्जा” भन्ने नाराका साथ विभिन्न पेशाकर्मी र अनुभवी व्यक्तित्वहरू एकजुट भएर स्थापना गरिएकाे कम्पनीले संस्थागत सुशासन तथा संस्कृतिलाई व्यवहारमै उच्च प्राथमिकतामा राख्दै सोही अनुसार अघि बढिरहेको छ । कम्पनीले ISO 9001:2015 प्रमाणपत्र समेत प्राप्त गरेको छ ।

कम्पनीले ऊर्जा उत्पादन गर्ने कम्पनीहरूमा लगानी गर्ने (पानी, वायु, सौर्य ऊर्जा, बायोग्यास जस्ता वैकल्पिक ऊर्जा स्राेतहरूको प्रयोग गरेर साना वा मझौला आयोजनाहरू मार्फत) र ऊर्जा सम्बन्धित परियोजनाहरू आफैं निर्माण गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit