काठमाडौं । भगवती हाइड्रो पावर कम्पनी लिमिटेडले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सधारणसभा आह्वान गरेको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यलाई चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा आर्जन गरेको खुद मुनाफा तथा सञ्चित रकमबाट चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १०.५६३ प्रतिशतले हुने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
साधारणसभाले प्रस्ताव पारित गरेपछि सेयरधनी सदस्यलाई नगद लाभांश वितरण हुनेछ । सभा पुस २४ गते हुनेछ ।