विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालमै पहिलो मोबाइल ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । युएसएड ऊर्जा नेपाल परियोजनाको सहयोगमा यात्री इनर्जीले निर्माण गरेको उक्त मोबाइल चार्जिङ स्टेसनको मंगलबार शुभारम्भ गरिएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था युएसएडका कार्यबहाक मिसन डाइरेक्टर करेन्ट वेल्चलगायतले संयुक्त रुपमा उक्त चार्जिङ स्टेशनको शुभारम्भ गरेका हुन् ।    

चार्जिङ स्टेसनको क्षमता ३० किलोवाट रहेको छ । यसलाई आवश्यकता अनुसार विभिन्न ठाउँमा लगेर विद्युतीय गाडी चार्ज गर्न सकिन्छ । यसले ब्याट्री सकिएर बाटोमा अलपत्र परेका गाडीलाई उद्दार गर्न पनि सहयोग पुग्ने ऊर्जा नेपालले जनाएको छ ।  यस चार्जिङ स्टेशनबारे संस्थाले अर्को साताबाट पूर्वदेखि पश्चिम नेपालसम्म जनचेतना कार्यक्रमको आयोजना गर्ने पनि जनाएको छ । 

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारीको प्रवर्द्धन गर्न यस्तो चार्जिङ स्टेशन सहयोगी हुने बताए । 

त्यस्तै ऊर्जा ऊर्जा नेपाल र यात्री इनर्जीले निर्माण गरेका १७ वटा र ई–स्टोपले निर्माण गरेका ६ वटा चार्जिङ स्टेशनसहित बागमती प्रदेशभित्रका २३ वटा चार्जिङ स्टेशन समेत शुभारम्भ गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३