विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समय उद्योगी व्यवसायी तथा लगानीकर्ताको आकर्षण सौर्य विद्युत् उत्पादनतर्फ बढेको छ । सरकारले मिश्रित ऊर्जा विकासमा जोड दिँदै त्यही अनुसार सहजीकरण गर्न थालेपछि जलविद्युत्सँगै सौर्य विद्युत् उत्पादनमा लगानी बढेको हो ।

अहिलेसम्म सञ्चलन, निर्माणाधीन र विद्युत् खरिद सम्झौता (पिपिए) गरी निर्माणको विभिन्न चरणमा रहेका सौर्य आयोजनाको संख्या १४ पुगेको छ । तिनको जडित क्षमता ९०.१४ मेगावाट छ । भर्खरै अर्थात् चैत २० गते मात्र विद्युत् प्राधिकरणले १० मेगावाटका दुई आयोजनाको पिपिए गरेको छ ।

सौर्य विद्युत् पावर प्रालि र फस्ट सोलर डेभलपर नेपालले नवलपरासीमा निर्माण गर्ने आयोजनाको एसियाली विकास बैंक (एडिबी) को भायबिलिटी ग्याप फन्डिङ (भिजिएफ) मोडेलमा पिपिए भएको प्राधिकरणले जानकारी दिएको छ । सोलार आयोजनालाई आर्थिक तथा वित्तीय रूपले लगानीयोग्य बनाउन भिजिएफका लागि बजेट छुट्ट्याएको छ ।

उद्योगपति शेखर गोल्छाले सौर्य विद्युत् प्रालिमार्फत २ मेगावाट र फस्र्ट सोलारले ८ मेगावाट उत्पादन गर्ने गरी पिपिए भएको छ । भिजिएफ अन्तर्गतका आयोजनाको हकमा प्रतियुनिट १६.६० रुपैयाँमा पिपिए हुने गरेको छ । यसमध्ये प्रतियुनिट १० रुपैयाँ एडिबीले प्राधिकरणलाई अनुदान दिन्छ । प्रतियुनिट ६.६० रुपैयाँमात्र प्राधिकरणले उत्पादकलाई भुक्तानी गर्ने गरी भएको पिपिए अवधि भने २५ वर्षको हुनेछ ।

प्राधिकरणका अनुसार सन् २०२२ सम्म अर्थात् लगानीकर्ताले बैंकको ब्याज नतिर्दासम्म उक्त दर लागू हुन्छ । र, त्यसपछिको पिपिए दर भने प्रतियुनिट ६.६० रुपैयाँ नै कायम हुन्छ । प्राधिकरणले यही मोडेलमा नवलपरासीमा निर्माण हुने ५ मेगावाटको सोलारको पनि पिपिए गरेको छ ।

प्राधिकरणले पिपिए गरेका सोलार आयोजनाबाट अहिलेसम्म २०.१४ मेगावाट विद्युत् उत्पादन भइसकेको छ । यस्तै, २४ मेगावाट पिपिए भएर निर्माणाधीन छन् भने ४६ मेगावाटका आयोजना निर्माणको विभिन्न चरणमा छन् । ती मध्ये सबैभन्दा बढी जलविद्युत् व्यवसायी गुरुप्रसाद न्यौपानेका आयोजना छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३