विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले सिमेन्टको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पछिल्लो समय सिमेन्ट उद्योगहरूले सिन्डिकेटिङ तथा कार्टेलिङबाट सिमेन्टको अस्वाभाविक र कृत्रिम मूल्यवृद्धि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न मञ्चले आग्रह गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार पत्र लेख्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले यस्तो आग्रह गरेका हुन् ।
 
‘विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको बिजुली प्रयोग गरेवापतको महसुल उठाउन लागेको तथा अफसिजनमा घाटामा सिमेन्ट बिक्री गर्नुपरेको कारण मूल्य बढाउनु परेको भन्दै अस्वाभाविक रुपमा कृत्रिम मूल्य बढाउने काम गरेको हुँदा यस्ता सिमेन्ट उद्योगलाई तत्काल कारवाहीको दायरामा ल्याई मूल्यवृद्धि नियन्त्रण गरी भौतिक पूर्वाधार निर्माणलाई तेजोगति दिन अनुरोध गर्दछौँ,’ मञ्चले भनेको छ । 

हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्ट जस्ता सरकारी सिमेन्ट उद्योगहरूले आफ्नो उत्पादन नियमित बजार पठाउन नसक्दा निजी सिमेन्ट उद्योगको कार्टेलिङ बढेको पनि मञ्चले जनाएको छ ।

‘सेमेन्टसँगै भौतिक निर्माणका लागि चाहिने फलामे डन्डी प्रतिकिलो ९५ रुपैयाँ, खोलाको बालुवा प्रतिक्युफिट १२ रुपैयाँ रोडा प्रतिक्युफिट १४ रुपैयाँमा साविककै दरमा उपलब्ध भइरहेको अश्थामा सिमेन्टको मूल्यमात्र अस्वाभाविक बढाएर प्रतिबोरा ५०० (ओपिसी) बाट ९०० रुपैयाँ पुर्‍याएको मञ्चले जनाएको छ । 

कार्टेलिङ गरी बढाइएको सिमेन्टको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणमा ल्याउन यसअघि देखिने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान), नेपाल निर्माण व्यवसायी महासंघ जस्ता संस्थाका नेतृत्व तथा प्रतिनिधिले यसअघिदेखि नै माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३