विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अरुण भ्याली हाइड्रो पावर कम्पनीले ६ महिनामा साढे ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा यो मुनाफा आर्जन गरेको हो ।

कम्पनीले आर्जन गरेको मुनाफा अघिल्लो आर्थिक यही अवधिको तुलनामा सतप्रतिशतभन्दा बढी अर्थात ३ करोड ४३ लाख ७० हजार रुपैयाँ बढी हो । 
कम्पनीले गत वर्ष यही अवधिमा ३ करोड ३६ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद नाफा बढे पनि विद्युत उत्पादनबाट हुने आम्दानी भने गत वर्षको तुलनामा घटेको छ । 

विद्युत बिक्रीबाट गत वर्ष यो अवधिमा ४ करोड ७ लाख ६ हजार रुपैयाँ आम्दानी भएकोमा यो वर्ष ३ करोड ४ लाख ६ हजार रुपैयाँ मात्रै आम्दानी भएको छ । यो गत वर्षकोभन्दा १ करोड २ लाख ७३ हजार रुपैयाँ थोरै हो ।

कम्पनीले संखुवासभामा सञ्चालन गरेको ३ मेगावाटको पिलुवा खोला जलविद्युत केन्द्र बर्खामा पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा विद्युत बिक्रीबाट हुने आम्दानी घटेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विद्युत प्रवाह हुने ३३ केभी धरान–धनकुटा–तेह्रथुम–संखुवासभा–भोजपुर प्रसारण लाइन ओभर लोड हुँदा बर्खा याममा पिलुवाको विद्युत खेर गएको थियो । 

कम्पनीले होल्डिङ कम्पनीमार्फत धेरै जलविद्युत आयोजनामा लगानी गरेको छ । होल्डिङ कम्पनीले विद्युत बिक्रीबाट हुने नाफा बढाएकाले अरुण भ्यालीको नाफा पनि बढेको हो । यस कम्पनीले विद्युत बिक्रीबाहेक अन्य स्रोतबाट ४ करोड ५९ लाख २१ हजार रुपैयाँ बढाएको छ । 

कम्पनीले अन्य स्रोतबाट गत वर्ष यही समयअवधिमा १ करोड ९३ लाख ८७ हजार रुपैयाँ मात्रै आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १३.७७ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ११४.४६ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit