विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नुवाकोटको तादी खोलामा निर्माण भएकाे ५ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाको परीक्षण सुरु भएकाे छ । बुद्धभूमी नेपाल हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाबाट विद्युत उत्पादन गर्न संरचना तथा उपकरणकाे परीक्षण भइरहेको हाे।

विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनुअघि आयोजनामा जडान भएको उपकरण ठिक छन् कि छैन् भनेर आन्तरिक परीक्षण गरिरहेकाे कम्पनीका सञ्चालक बलाराम खतिवडाले बताए । उनका अनुसार आयोजनाको सम्पूर्ण निर्माण कार्य पूरा गरेर गत शनिबारदेखि परीक्षण सुरु गरिएको हो । 

‘उपकरण परीक्षण अझै एक सातासम्म चल्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘याे परीक्षण पूरा भएपछि नेपाल विद्युत प्राधिकरणका प्राविधिक आएर आयोजनाको विद्युत प्रसारण प्रणालीमा जाेडेपछि उत्पादन सुरु हुन्छ।’ आयोजनाले १५ दिनकाे परीक्षण उत्पादनकाे चरणमा विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिनेछ ।

२ साताकाे परीक्षण उत्पादनपछि आयोजनाबाट व्यापारीक उत्पादन सुरु हुने खतिवडाले बताए । आयोजनाबाट उत्पादन हुने विद्युत ३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको समुन्द्रटार सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरेको हो ।

आयोजना सम्पन्न गर्न १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा माछापुच्छ्रे, बैंक अफ काठमाडौं, एनसीसी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

तादी बेसिनमा योे आयोजनासँगै थप २५ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा ३ देखि ११ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण अघि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३