विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । टाइम्स इनर्जी प्रालिले निर्माण गर्न लागेको ३४१ मेगावाटको बूढीगण्डकी आंशिक जलाशय जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृतिको प्रक्रिया अघि बढेको छ । कम्पनीले अधययन गरेको आयोजना इआइए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाएको छ । 

मन्त्रालयले स्वीकृति दिनुअघि सार्वजनिक सूचना निकालेर आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए आगामी सात दिनभित्रमा राय/सुझाव पेश गर्न आग्रह गरेको छ । 

कम्पनीका अनुसार प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा  सरोकारवाला व्यक्ति वा संस्थासँग लिखित राय/सुझाव माग गरिएको छ ।

प्रस्तावित आयोजना गोरखा जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा निर्माण गरिनेछ । आयोजना निर्माण गर्दा चुमनुब्री गाउँपालिका–३ र धार्चे गाउँपालिका १ र ३ मा प्रभाव पर्नेछ । 

यो आयोजना पिकिङ रन अफ दि रिभर प्रकृतिको आयोजना हो । यसको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारामा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । आयोजनाको दैनिक ५ घन्टाको दरले पिकिङ हुने गरी पोखरी निर्माण गरिनेछ । यसको डिजान बहाज १००.२७ घनमिटर प्रति सेकेण्ड र कुल हेड ३९८ मिटर रहने अध्ययनले देखाएको छ । 

बूढीगण्डकी नदीमा बाँध बाँधी खोलाको दायापट्टि निर्माण हुने  इन्टेकबाट पानीलाई फर्काइ आयोजनाको मुख्य  संरचनाहरूः सेटलिङ बेसिन, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप हुँदै विद्युतगृहमा पुर्याउनेगरी डिजानइ तयार भएको छ । भूमिगत विद्युतगृहमा ५७ मेगावाटका ६ वटा भर्टिकल एक्सिस पेल्टोन टर्वाइनमार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाको सबै काम पूरा गरे २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण पूरा भएपछि वार्षिक १८३७.१६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सक्छ । उत्पादित ऊर्जालाई करिब ४५ किलोमिटर लामो प्रसारणलाइन निर्माण गरी रातमाटे सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit