विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल हाइड्रो पावर संघ (एनएचए) ले अन्तर्राष्ट्रिय हाइड्रो पावर संघ (आइएचए) सँगको सहकार्यमा आगामी भदौ २७ र २८ गते अन्तर्राष्ट्रिय जलविद्युत सम्मेलनको आयोजना गर्दैछ । ‘दुषित ऊर्जा विस्थापित गरी जलविद्युत एवम् हरित ऊर्जा उपभोग गरौं’ भन्ने मर्मलाई आत्मसात गर्दै सम्मेलनको आयोजना गर्न लागिएको हो । उक्त दुई दिने सम्मेलनले विश्वव्यापी रूपमा उठान भएको जलवायु परिवर्तनको असर न्यूनिकरणका मुद्दामा नेपालले देखाएको चासोको सन्दर्भमा महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । यसै सन्दर्भमा ऊर्जा खबरले एनएचएका महासचिव अरुण रजौरियासँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंशः

नजिकिँदै गएको सम्मेलनको तयारी के कस्तो भइरहेको छ ?

सम्मेलनको सम्पूर्ण तयारी लगभग सकिएको छ । सम्मेलनमा भाग लिने निश्चित भएका लगभग सबै स्वदेशी तथा विदेशी महानुभावहरूलाई सम्पर्क गरिसकिएको छ । उहाँहरूले सम्मेलनमा सक्रिय सहभागिताको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रमको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय पम्फा भुसालद्वारा गरिने तय भएको छ । कार्यक्रमका लागि चाहिने सम्पूर्ण संसाधनको उचित व्यवस्था गरिसकिएको छ । ऊर्जा क्षेत्रका विज्ञ एवं महत्त्वपूर्ण व्यक्तित्वहरूको सक्रिय सहभागिता रहने हुँदा यस सम्मेलन भव्यताका साथ सफलरूपमा सम्पन्न हुनेमा हामी विश्वस्त छौं ।

यस सम्मेलनको उपादेयता के हो र यसले नेपालको ऊर्जा विकासको सम्भाव्यतालाई कसरी सघाउ पुर्याउँछ ?

यस महासम्मेलनको मुख्य उद्देश्य भनेको ऊर्जा क्षेत्रकोे विकासमा सक्रिय रूपमा लाग्नुभएका प्रमुख व्यक्तित्वहरूको जमघट गर्ने थलो उपलब्ध गराई उहाँहरूको महत्वपूर्ण अनुभव साटासाट गर्ने लगायत यस क्षेत्रका नीति, नियमन, प्रविधि विकास तथा विश्वभरमा कार्यान्वयन गरिएका उत्कृष्ट प्रयोगहरूको स्वस्थ बहस गर्ने भन्ने नै हो । यस बाहेक उक्त कार्यक्रममा नेपालको अत्याधिक सम्भावना बोकेको जलविद्युतलाई कसरी दिगो रूपमा स्वच्छ एवम् हरित ऊर्जाको स्रोतको रूपमा स्थापित गराउने भन्ने कुरालाई बहसको प्राथमिकतामा  राखिने छ । यसले मुलुकको ऊर्जा व्यापार र ऊर्जाका स्रोतको उचित प्रयोगका विषयलाई पनि उजागर गर्नेछ ।

सम्मेलनले जलविद्युत र अन्य नवीकरणीय ऊर्जा क्षेत्रका मुख्य संवाहकहरू जस्तैः नेपाल सरकार, बहुपक्षीय विकास बैंक, दातृ संस्था, परामर्शदाता, ठेकेदार तथा उत्पादक कम्पनीसँग पनि सहकार्य अघि बढाई नीति निर्माण, ऊर्जा व्यापार, नीजि क्षेत्रको सहभागितामा वृद्धि, दीर्घकालीन मापदण्ड निर्माण, आधुनिक प्रविधिको प्रयोग तथा नवीनतम उपायको खोजीद्वारा नेपाली जलविद्युतको भविष्य सुनिश्चित गर्ने चिन्तनलाई अघि बढाइ मार्गदर्शन गर्नेछ ।

विगतमा हुने गरेका पूर्वाधार एवम् ऊर्जा सम्बन्धी कार्यक्रमको तुलनामा हुन गइरहेको आगामी सम्मेलन कसरी भिन्न छ ?

भदौ २७ र २८ गते हुन गइरहेको सम्मेलन नेपालमा पहिलो पटक हरित ऊर्जामा आधारित अन्तर्राष्ट्रिय सम्मेलन हो । कोभिडको असर न्यूनीकरण पछि आयोजना गरिन लागेको प्रथम बृहत् अन्तर्राष्ट्रिय सम्मेलन यस अर्थमा पनि भिन्न रहेको छ ।

हरित ऊर्जा प्रवर्द्धनले नेपालको आर्थिक विकास लक्ष्य प्राप्तिका लागि कसरी सघाउ पुग्न सक्छ ?

हरित ऊर्जा प्रवद्र्धनलाई प्राथमिकतामा राखेर उचित कदम चालेमा नेपालले रोजगारी सिर्जनामा औचित्यपूर्ण रुपान्तरण हासिल गर्नसक्छ । प्राविधिक रूपमा भन्दा नेपालमा आर्थिक लाभ हासिल गर्नसक्ने ४२,००० मेगावाटको जलविद्युत, २,१०० मेगावाटको सौर्य ऊर्जा र ३,००० मेगावाटको वायु ऊर्जा रहेको छ । नेपालले यी तीन ऊर्जा स्रोतबीच सन्तुलन राखेर पूर्वाधार निर्माण गरी अधिकतम क्षमता उपयोग गर्ने नीति लिएर अघि बढेमा मुलुक विद्युतमा आत्मनिर्भर बन्न सक्दछ । यसमध्ये २० प्रतिशतमात्र उपयोग गर्न सकेमा पनि मुलुकको कुल गार्हस्थ वास्तविक उत्पादन सन् २०३० सम्ममा करीब ८७ प्रतिशतले बढ्न सक्ने अध्ययनले देखाएको छ । यस लक्ष्य हासिल गरेमा पनि अर्थतन्त्रमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहने उतारचढावको दूरगामी नकारात्मक प्रभाव न्यूनीकरण गर्न सकिन्छ ।

देशमा सम्भाव्य ऊर्जाका स्रोतहरूको विकास एवं उचित व्यवस्थापनद्वारा नै सबै प्रकारको ऊर्जाको माग पूरा गर्न सकिने मात्र नभइ यसले आयातित ऊर्जालाई प्रतिस्थापन गर्न र उत्पादित ऊर्जाको निकासी मार्फत राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको उचित योगदानको प्रत्याभूति गर्न सकिन्छ । यस परिप्रेक्ष्यमा आगामी सम्मेलनले नेपाली अर्थतन्त्रका चुनौतीहरू निक्र्यौल गर्न पनि मद्दत पु¥याउने आशा लिएका छौं । यसले हरित ऊर्जा, विशेष गरी जलविद्युत र नवीकरणीय ऊर्जामाथि आमजनताको पहुँच दीर्घकालीनरूपमै अभिवृद्धि गर्न सघाउ पुग्नेछ ।

आगामी सम्मेलनले कसरी नेपालमा उत्पादन र प्रयोग हुँदै आएका ऊर्जा प्रणालीको स्वरूप परिवर्तन एवं गतिशील बनाउन मद्दत पुग्ला ?

माथि उल्लेख गरिए अनुरूप सम्मेलनले नेपाल सरकार, बहुपक्षीय विकास बैंक, दातृ संस्था, परामर्शदाता, ठेकेदार तथा उत्पादक कम्पनीसँग सहकार्य अघि बढाई नीति निर्माण, ऊर्जा व्यापार, नीजि क्षेत्रको सहभागितामा वृद्धि, दीर्घकालीन मापदण्ड निर्माण, आधुनिक प्रविधिको प्रयोग तथा नवीनतम उपायको खोजी गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । सम्मेलनमा प्रस्तुत हुने पत्र र तत्पश्चात गरिने छलफलको निष्कर्षलाई विभिन्न सरोकारवाला निकायहरू र यस क्षेत्रमा सक्रिय रूपमा कार्य गर्दै आएका समूहहरूमा सार्वजनिक र साझेदारी गरिने छ । यसले अवश्य पनि तत्कालीन एवं दीर्घकालीन रूपमा नवीनतम प्रयोगमार्फत उचित लाभ हुने मार्ग अवलम्बन गर्ने प्रेरणा दिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit