विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले लमजुङमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोदी–ए मा खटाउने गरी १६ कर्मचारीको माग गरिएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाको लागि आवश्यक रिक्त पदपूर्ति गर्न कर्मचारीको माग गरिएको हो ।

एकजना मर्मत संभार इन्चार्ज, एकजना सञ्चालक इन्चार्ज, ४ जना विद्युतीय पर्यवेक्षक, ७ जना मेकानिकल इलेक्ट्रीकल फोरम्यान र ३ जना सहायक इलेक्ट्रीकल इन्जिनियरको लागि आवेदन खुलाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मर्मत संभार इन्चार्जको लागि सम्बन्धीत विषयमा स्नातक तह उत्र्तीण गरी कम्तीमा पनि ५ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ ।

यस्तै, सञ्चालक इन्चार्जको लागि मेकानिकल इन्जिनियरिङ विषयमा स्नातक तह उतिर्ण गरी कम्तीमा २ वर्ष हाइड्रो पावर क्षेत्रमा काम गरेको हुनुपर्नेछ । विद्युतीय पर्यपक्षेकको लागि इलेक्ट्रीकल इन्जिनियरमा डिप्लो पूरा गरी कम्तीमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ ।

यस्तै, मेकानिकल इलेक्ट्रीकल फोरम्यानको लागि सिटीइभिटीबाट २ वर्षको कोर्स गरी सम्बन्धीत क्षेत्रमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ र साहायक इलेक्ट्रीकलको लागि सिटीभिटीबाट  ६ महिने कोर्ष गरी कम्तीमा पनि १ वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्नेछ ।

इच्छुक योग्य व्यक्तिले दुई हप्ताभित्र आवेदन दिई सक्नुपर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यनुभव भइकाले रोजगारीको अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit