विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुने निर्वाचनमा लगानीका रूपमा ‘मतदान’ गर्न मतदातासँग आग्रह गरेको छ । पार्टीले ऋण लगानीका रूपमा मत माग्दै  आफूले पाएको मतको ५ वर्षभित्र प्रतिफलसहित भुक्तान गर्ने प्रतिबद्धतासहितको ‘नागरिक करार–पत्र’ सार्वजनिक गरेको हो । 

उक्त पत्रमा जनाएको प्रतिबद्धता अनुसार पार्टीले आगामी ५ वर्षभित्र विद्युत् जडित क्षमता १५ हजार मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ । त्यस्तै, प्रतिस्पर्धी अर्थतन्त्र निर्माणका लागि गुणस्तरीय सडक र हवाई सञ्जाल विस्तारको लक्ष्यसमेत राखेको छ ।

अर्थमन्त्री (जिडिपी) को आधार १०० अर्ब डलर नघाउने, प्रतिव्यक्ति आय ३ हजार डलर नघाउने, १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासमेत गरेको छ ।

त्यस्तै, पूर्वाधारको विकासलाई प्राथमिकता दिँदै ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण गर्ने, राष्ट्रिय महत्त्वका १० वटा ‘सिग्नेचर आयोजना’ निर्माण गर्ने लक्ष्य बाचा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३