विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २२० केभी हेटौडा–भरतपुर–बर्दघाट डबल सर्किट प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्डमा स्थानीयले गरेको अवरोध अझै हटाउन सकिएको छैन् । करिब डेढवर्ष अघिदेखि प्रसारण लाइनको रुट पर्ने दुम्कीबास क्षेत्रका स्थानीयले अवरोध गरेका हुन् ।

१२ वर्षअघिदेखि निर्माण सुरु भएको लाइनमा स्थानीयले रुट परिवर्तन गर्न माग गर्दै अवरोध गरेको आयोजना प्रमुख नरेशकुमार खड्गाले बताए । उनका अनुसार २ वटा टावर रहने क्षेत्रमा स्थानीयले २०७६ चैत्रदेखि गरेको अवरोध हटाउन कठिनाई भएको छ ।

‘आयोजनाको ९९ प्रतिशत काम सकिएकोले रुट परिवर्तन गर्न असम्भव छ,’ उनले ऊर्जा खबरसँग भने, ‘रुट परिवर्तनको माग गर्दै स्थानीयले सर्वोच्च अदालत काठमाडौंमा मुद्धा दायर गरी (स्टे अर्डर) काम रोकेको हुँदा निर्माण ठप्प छ ।’

स्थानीयले अवरोध गरी डेढ वर्षदेखि काम रोकिदा प्राधिकरणलाई करोडौ करोड रुपैयाँ घाटा हुन पुगेको पनि खड्गाले बताए । यो खण्डको २ सय ४६ वटा टावरमध्ये २ सय ४४ वटा खडा भइसकेका छन् । ७५ किलोमिटर लामो लाइनको ७० किलोमिटर तार तान्ने काम पनि पूरा भएको छ ।

यो खण्ड आगामी असारमा सम्पन्न गरी सञ्चालन गर्ने योजना रहेको भएपनि अवरोध नहट्दा प्रभावित हुने भएको छ । लामो समय स्थानीयको अहसयोग, कानुनी जटिलता, एवं ठेक्का सम्झौता रद्धलगायत कारणले निर्माण प्रभावित हुँदै आएको छ । यो खण्डमा पर्ने १३२ केभी न्यू–भरतपुर सबस्टेसन गत शुक्रबारदेखि सञ्चालनमा आएको छ । तर, अवरोधले गर्दा लाइन पूरा नहुँदा यो लाइनबाट भने विद्युत प्रवाह गर्न सकिएको छैन् ।

यस्तै, प्रसारण लाइनको हेटौंडा–भरतपुर खण्ड पनि ८८ प्रतिशत निर्माण सकिएको  छ । प्रसारण लाइनको यो खण्ड आगामी पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना रहेको खड्काले जानकारी दिए ।

यो खण्डमा निर्माण हुने २ सय २६ टावरमध्ये १ सय ९६ वटाको फाउन्डेसन सकिएको छ । १ सय ३१ वटा टावर खडा गरिएको छ । करिब १०.५ किलोमिटर तार तान्ने काम पनि सम्पन्न भएको उनले बताए ।

हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट गरी २ खण्डमा निर्माण भइरहेको प्रसारण लाइनको काम सन्तोषनजक नभएको भन्दै प्राधिकरणले भारतीय र चिनियाँ ठेकेदारसँगको सम्झौता तोडेको थियो । सम्झौता तोडिएपछि लामो समय प्रसारण लाइनको निर्माण रोकिन पुगेको यसको निर्माण अवधि लम्बिएर १२ वर्ष पुगेको हो ।

हेटौंडा–भरतपुर खण्डको ठेक्का भारतीय कम्पनी आइकम टेल र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ सेन्टरल पावर ग्रिड (सिसिपिजी) ठेकेदारसँगको ठेक्का तोडिएको थियो । अहिले पनि हेटौंडा–भरतपुर खण्डमा भारतीय र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ कम्पनीले काम गरिरहेका छन् ।

पहिलो पटक २०६५ सालमा ठेक्का सम्झौता गरेर २०६६ सालमा प्रसारण लाइनको काम सुरु गरिएको थियो । ठेक्का सम्झौताअनुसार २०६९ मा प्रसारण लाइन सम्पन्न गर्ने तालिका थियो । प्रसारण प्रणाली दिगो र गुणस्तरीय बनाउन यो प्रसारण लाइन निर्माण भइरहेको हो । प्रसारण लाइन निर्माण गर्न विश्व बैंकले ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit