विद्युत अपडेट

  • प्राधिकरण : ८८८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४२०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१५८८ मे.वा.घन्टा
  • आयात : १८५ मे.वा.घन्टा
  • निर्यात : १४७८१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८६० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७८७ मे.वा.
२०८२ साउन १२, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भोटेकोसी नदीमा भीषण बाढी आउँदा त्रिशूली नदी कोरिडोरका जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ । रसुवाको रसुवागढीस्थित नेपाल–चीन सिमाको मितेरी पुलसमेत बगाउने गरी आएको बाढीले यस्तो अवस्था निम्तिएको हो ।

रसुवागढी सिमामा मिसिने नेपालतर्फबाट आउने ल्हेन्दे खोला केही दिनदेखि थुनिएर एक्कासि फट्दा ठूलो बाढी आएको अनुमान गरिएको छ । यसबाट १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्र तथा यसको बाँध लगायत संरचनामा क्षति पुर्‍याएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए ।

बाढीले आयोजनाको बाँध क्षेत्रमा क्षति पुगेको र क्रेन लगायत संरचना बगाएको पनि ज्याख्वाले जानकारी दिए । यस्तै, टिमुरेस्थित सुख्खा बन्दरगाहबाट केही सवारी बगाउनुका साथै दुई जना प्रहरी सम्पर्कमा नरहेको बताइएको छ । रसुवागढीबाट २०८१ साल पुस १६ गतेदेखि विद्युत्को व्यापारिक उत्पादन सुरु भएको थियो ।

बाढीले २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ को संरचनामा भने खासै क्षति नपुगेको र मानवीय क्षति पनि नभएको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी कम्पनीका निर्देशक गिरिराज अधिकारीले जानकारी दिए । उनका अनुसार आयोजनाका अधिकांश कर्मचारीहरू तल बेत्रावती झरेर सुरक्षित स्थानमा बसेका छन् ।

बाढीले नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को बाँध बगाएको बताइएको छ । यो भन्दा तल्लो क्षेत्रमा के कति क्षति भएको छ भन्ने जानकारी आइसकेको छैन । यस्तै, २४ मेगावाटको त्रिशूलीमा कुनै क्षति नभए पनि नदीमा ठूलो बाढी आएका कारण विद्युत् केन्द्र सट डाउन (बन्द) गरिएको जलविद्युत् केन्द्रकी कर्मचारी पार्वता लुइँटेलले जानकारी दिइन् ।

पछिल्लो २४ घन्टामा रसुवा जिल्लाको अधिकांश क्षेत्रमा बाढी आउने गरी झरी परेको देखिँदैन । चीनतर्फबाट बगेर आएर रसुवागढीमा मिसिने केरुङ खोलाको बहाब पनि सामान्य छ तर लेन्दे खोलातर्फबाट मात्र बाढी

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३