विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उद्योग कलकारखानामा मागअनुसारको बिजुली प्रवाह (उपलब्ध) गरेर बर्खामा बढी भएको परिमाण खपत गर्नुपर्नेमा नेपाल विद्युत् प्राधिकरणले जोड दिएको छ । स्वदेशमै मागका आधारमा आपूर्ति गर्न नसकेको समयमा सस्तोमा निर्यात गर्न उचित नहुने पनि प्राधिकरणको तर्क छ ।

प्राधिकरणको अध्ययनअनुसार अहिले औद्योगिक क्षेत्रमा करिब ५ मेगावाट विद्युत् अभाव छ । प्रसारण तथा वितरण लाइन र अन्य पूर्वाधार निर्माण नहुँदा मागअनुसार विद्युत् पुर्याउन नसकिएको हुँदा पहिला स्वदेशी उद्योगको माग पूरा गर्नुपर्ने प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

‘अबको चुनौती लोड (माग) बढाउने नै हो, हामीले सबैतिर यही अनुसार काम गर्न भनिरहेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युत् पुर्याउने ठाउँ, क्षेत्र वा उद्योगसम्म पूर्वाधार निर्माणलाई तीव्रता दिनुको विकल्प छैन ।’

उद्योगीलाई बिजुली दिँदा महँगो महसुल लिन वा उठाउन पाइने र भारतमा सस्तोमा बेच्नुपर्ने बताउँदै शाक्यले भने, ‘अब १३ रुपैयाँमा स्वदेशी उद्योगलाई बिजुली दिने कि ४ रुपैयाँमा भारतमा बेच्ने हो अब सोच्नुपर्ने बेला आएको छ ।’ माग भएका उद्योगमा आपूर्ति व्यवस्था मिलाउन र त्यही अनुसार पूर्वाधार निर्माण गर्न पनि बजेट विनियोजना गर्न प्राधिकरण तयार रहेको उनको भनाइ छ ।

प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले देशभरका औद्योगिक क्षेत्रमा कहाँ कति माग रहेको भन्ने बारे अध्ययन गरी विवरण संकलन गरिरहेको छ । त्यही अध्ययनअनुसार सेवा विस्तार गर्ने योजना रहेको शाक्यले बताए । अहिले उद्योगमा करिब ३ मेगावाटको लोड रहेको प्राधिकरणले उल्लेख गर्दै आएको छ ।

हालको ३ सय मेगावाट र आपूर्ति पुर्याउन नसकिएको ५ सय मेगावाट गर्दा औद्योगिक क्षेत्रमा मात्र ८ सयदेखि हजार मेगावाटको माग रहेको देखिन्छ । आगामी बर्खामा करिब ५ सय मेगावाट विद्युत् खेर जाने अनुमान गरिएको छ । तत्काल आवश्यक पूर्वाधार निर्माण गरी उक्त परिमाणको बिजुली स्वदेशी उद्योगमा वितरण गर्न सके भारत पठाउनुपर्ने आवश्यकता हुँदैनथ्यो ।

बर्खामा उब्रेको बिजुली भारत पठाउँदा सस्तो दरमा बेच्नुपर्छ । त्यसमाथि पनि भारतले कति वा कुन दरमा बिजुली लिने भन्ने टुंगो लागेको छैन । ढल्केबर¬–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट अहिलेसम्म किन्ने काम र कुरा मात्र भइरहेको छ । त्यहाँबाट बेच्नुपर्दा कति मेगावाटसम्म कति दरमा बेच्न पाउने भन्ने केही प्रस्ट छैन ।

उक्त प्रसारण लाइनबाट प्राविधिक रूपमा हजारदेखि १२ सय मेगावाटसम्म विद्युत् प्रावाह हुन सक्ने अध्ययनले देखाएको छ । तर, केही समय अगाडि काठमाडौंमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय आठौं बैठकमा भारतले उक्त प्रसारण लाइनबाट नेपालले ६ सय मेगावाटभन्दा बढी बिजुली पठाउन नसक्ने तर्क राखेको थियो ।

पूवार्धार बने पनि भारतले विभिन्न समयमा तेस्र्याउने अडान, अवरोध र अनिश्चितताले नेपालको बिजुलीले भारतमा सजिलै प्रवेश पाउने सम्भावना अझै पनि न्यून देखिन्छ । यस्तो अवस्थामा सक्दो बढी देशमै खपत गर्ने योजना बनाउनु सबैभन्दा उत्तम विकल्प हुनेछ । यसका लागि आवश्यक पूर्वाधार (प्रसारण तथा वितरण लाइन, ट्रान्सफर्मर लगायत) निर्माणमा सरकारले संवेदनशीलता देखाउनुपर्ने हुन्छ ।

देशमा पूर्वाधार निर्माण भई यतै खपत गर्ने र बचेको बेच्न वा भारत पठाउन त्यही अनुसार सरकारले पहल गर्नुपर्ने हुन्छ । प्राधिकरणले गत महिना २५ मेगावाट भारतमा बेच्न भारतीय ऊर्जा दलाल कम्पनी एनभिभिएन मार्फत प्रस्ताव गरेको छ । यसबारे उताबाट अहिलेसम्म कुनै पनि प्रतिक्रिया प्राप्त नभएको प्राधिकरणले जानकारी दिएको छ ।

पछिल्लाे समय भारतमा खद्रा बिजुलीकाे मूल्य करिब भारु १.९० (करिब ३ रुपैयाँ) मा झरिसकेकाे छ । नेपालमा जलविद्युत् उत्पादनकाे लागत नै महँगाे हुँदा उत्पादित बिजुलीकाे मूल्य प्रतियुनिट औसत ५ रुपैयाँभन्दा बढी हुन्छ । यसकाे आधारमा नेपाली बिजुलीले भारतीय बजारमा प्रतिस्पर्धा गर्न निकै गाह्राे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit