विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निरन्तरको प्रयासपछि उच्च पहाडी जिल्ला कालीकोटमा केन्द्रीय प्रसारण प्रणालीबाट विद्युत्को पहुँच पुर्याएको छ । दैलेको दुल्लुबाट मान्मासम्मको ११ केभी लाइनको काम हिजो (जेठ २४ गते) पूरा गरिएको छ ।

केन्द्रीय प्रसारण लाइनबाट विद्युत् पुर्याउन बाँकी ५ जिल्ला मध्ये मान्मासम्म विस्तार गर्न सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘विगतमा ग्रिड पुग्न बाँकी रहेका जिल्लामा पनि लोडसेडिङ भयो भनेर प्राधिकरणमाथि आरोप लाग्ने गरेको थियो, जुन सही थिएन,’ उनले मंगलबार ऊर्जा खबरसँग भने, ‘मान्मामा ग्रिड पुगेको छ अब बिजुली काटियो भने प्राधिकरणलाई आरोप लगाउन पाइन्छ ।’

कोहलपुरदेखि सुर्खेतसम्म तानिएको ३३ केभी लाइन दैलेखसम्म पुर्याइएको छ । दैलेखबाट दुल्लुसम्म ३३ केभी लाइन नै विस्तार गरिएको छ । दुल्लुबाट मान्मा भने ११ केभी निर्माण भएको छ । अहिले कोहोलपुरबाट एउटा ट्रान्सफर्मर मान्मा लैजाने तयारी भइरहेको हुँदा यो जडान गरेपछि दुल्लु–मान्मा ११ केभी लाइन ३३ केभीमा स्तरोन्नती हुने शाक्यले बताए ।

३३/११ केभी लाइन भएपछि विद्युत् आपूर्ति नियमित तथा गुणस्तरयुक्त हुने बताइएको छ । अब हिमाली जिल्ला मुगु, डोल्पा, हुम्ला सहित जुम्लामा प्राधिकरणको ग्रिड पुर्याउन बाँकी छ । ग्रिड नपुगेका ठाउँमा पनि लोडसेडिङ भयो भनेर प्राधिकरणलाई आरोप लगाउन नपाइने शाक्यले स्पष्ट पारे ।

उनका अनुसार मान्माबाट जुम्लासम्म विस्तार गरिएका ११ केभी लाइन मर्मत÷संभार र स्तरोन्नती भइरहेको हुँदा चालू आर्थिक वर्षभित्र ग्रिड पुर्याउने लक्ष्य छ । जुम्लामा प्राधिकरणको प्रसारण लाइन नै पुगेको छैन तर त्यहाँ पटक–पटक लोडसेडिङ भयो भन्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit