विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत नियमन आयोगले २१६ मेगावाटको बझाङ माथिल्लो सेती आंशिक जलाशयुक्त जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री (पिपिए) दर निर्धारण गर्न सार्वजनिक सुनुवाई गर्ने भएको छ । समृद्ध इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाबाट उत्पादन हुने विद्युतकाे खरिद बिक्री दर निर्धारण गर्न असार १९ गते (मंगलबार) सार्वजनिक सुनुवाई गर्न लागिएको हो ।

आयोगले सुदूरपश्चिम प्रदेश, बझाङ जिल्लाको काँडा गाउँपालिकामा अघि बढाएको आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न सार्वजनिक सुनुनवाई गर्ने तयारी गरेको जनाइएको छ । नेपाल विद्युत प्राधिकरणले आयोग समक्ष यी आयोजनाको पिपिए दर निर्धारणका लागि निवेदन पेश गरेको थियो  । सोही निवेदन उपर छलफल गरी पिपिए दर निर्धारण गर्न लागिएको हो ।

उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, सञ्चार माध्यम, स्थानीय तहका प्रतिनिधि,  तथा सरोकारवालाहरूलाई सो कार्यक्रमा सहभागी हुन आह्वान गरिएको छ । साथै, सरोकारवालाहरूले आयोगको कार्यालयमा लिखित रुपमा समेत आफ्ना राय, सुझाव तथा प्रतिकृया पेश गर्न सक्नेछन ।

याे आयोजना पूरा भएपछि कुल १२२९.६ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । वर्षायाममा ८३४.५३ गिगावाट घन्टा र सुख्खायाममा ३९५.०७ गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जानकारी दिएको छ । सार्वजनिक सुनुनवाई असार १९ गते (मंगलबार) सानो गौचरणस्थित विद्युत विकास विभागको सभाहलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit