विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इच्छाएकाे प्रदेशमा सरुवा हुन आवेदन पेश गर्ने सहायक स्तरका कर्मचारीकाे मनस्थिती फेरिएकाे अवस्थामा नाम फिर्ता लिन पाउने अवसर दिएकाे छ । प्रदेश छनाेट गरेर सरुवाका लागि आवेदन दिइसकेका, तर फेरि पुरानै प्रदेशमा रहने इच्छा भएमा नाम फिर्ता लिन पाउने अन्तिम अवसर दिएकाे हाे ।

प्राधिकरणले सरुवाका लागि आवेदन दिइसकेर अर्काे प्रदेशमा जाने इच्छा नभएकाे अवस्थामा शुक्रबार (भाेलि) सम्ममा कर्मचारीले आफ्नाे नाम फिर्ता लिन सक्नुपर्ने जनाएकाे छ । कर्मचारी सेवा सर्त विनियमावली (विनियम ४८) (५)  बमाेजिम महिला तथा अपांगता भएका कर्मचारीकाे हकमा ५ तथा अन्यकाे हकमा ७ वर्षसम्म सरुवा हुन नपाउने व्यवस्था रहेकाले सरुवा नचाएकाे खण्डमा नाम फिर्ता लिएकाे लिखित जानकारी दिन भनिएकाे हाे । 

प्राधिकरणले यसअघि गत फागुन २ गतेदेखि चैत २ गतेसम्म इच्छाएकाे प्रदेशमा सरुवा चाहाने कर्मचारीबाट आवेदन मागेकाे थियाे । सरुवा नचाहनेले नाम फिर्ता लिने अवधि सकिएपछि इच्छाएकाे प्रदेश कार्यालयमा जाने कर्मचारीकाे अन्तमिम नामावली प्रकाशित गरिने प्राधिकरणले जनाएकाे छ ।

सरुवा हुन इच्छा नभएका कर्मचारीले केन्द्रीय कर्मचारी प्रशासन शाखाको इमेल ठेगाना ([email protected]) मा लिखित जानकारी गराउनु पर्नेछ ।

प्राधिकरणले कर्मचारी सेवा, शर्त विनियमावली २०७५ (संशाेधन सहित) को विनियम ४८ (६) मा भएको व्यवस्थाअनुसार क्षेत्रीय स्तरको विज्ञापनबाट नियुक्ती पाई हाल सोही क्षेत्रमा कार्यरत सहायक स्तरका कर्मचारीलाई एक पटकका लागि आफुले चाहेको प्रदेशमा जान अवसर दिएर आवेदन मागेकाे थियाे । नियमावली संशोधन हुन लागेकाले कर्मचारीलाई एक पटकका लागि यो अवसर दिने कार्यकारी निर्देशक स्तरीय निर्णय भएको थियाे । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३