विद्युत अपडेट

  • प्राधिकरण : ६५१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४७१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३१७४ मे.वा.घन्टा
  • आयात : ८९६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९४० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७७८ मे.वा.
२०८२ ब‌ैशाख २०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लमजुङमा १.६ मेगावाटको लोदोखोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । लमजुङको दोर्दी गाउँपालिकामा अवस्थित लोदो खोलाको पानी उपयोग गर्दै लिवर्टी इनर्जी कम्पनीले आयोजना विकास गर्न लागेको हो । यसका लागि कम्पनीले विद्युत् उत्पादन अनुमति पत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

समुद्री सतहबाट १ हजार ५७४ मिटर उचाइमा रहने आयोजनाको विद्युत्गृह र बाँध संरचना दोर्दी गाउँपालिकामा रहने छन् । बाँधसँगै लोदो खोलाको बाँया किनारमा १.१ मिटर अग्लो ०९ मिटर उचाइएको साइड इन्टेकबाट आउने पानीलाई १७.७८ मिटर लामो एप्रोच क्यानल हुँदै २.९ मिटर चौडाइ,  २.४२ मिटर उचाइ र २८ मिटर लम्बाइभएको सेटलिङ बेसिनमा लगिने छ । त्यहाँबाट ६०० मिटर लामो पोरवे हुँदै १ हजार ४३६ मिटरको पेनस्टक पाइइपमार्फत विद्युत् गृहमा लगेर विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ । 

विद्युत् गृहबाट निस्केको पानीलाई २५ मिटर लामो टेलरेसमार्फत साेही कम्पनीले निर्माण गरेकाे माथिल्लो दोर्दी ए जलविूद्यत् आयोजनाको 'हेडपोन्ड'मा खसालिने आयोजनाको लक्ष्य छ । 
आयोजनाबाट उतपादन हुने बिजुली ६ किलोमिटर लामो प्रसारण लाइनमार्फत कीर्तिपुर हबबाट राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने छ । २०८३ साल चैत सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३