विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन् । नवनियुक्त अर्थ मन्त्री वर्षमान पुनसँगको भेटमा बिहीबार उनले देशको विद्यमान अर्थतन्त्रका विषयमा ध्यानाकर्षण गराउँदै यस्तो बताएका हुन् ।

साना शहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुनर्कर्जा सुविधा विस्तार गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । ‘सहकारी र लघुवित्तमा देखिएका समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न सकेको छैन, उनले भने, ‘त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातसम्म पुग्ने व्यवस्था गर्नुपर्छ ।’

निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि मन्त्री पुनसमक्ष उनले आग्रह गरे । ढकालले अर्थ मन्त्रीलाई कोभिडका समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भइसकेको उदाहरण दिँदै नेपाली व्यवसायी जिम्मेवार रहेर सरकारसँग हातेमालो गर्दै आएको पनि बताए ।

निजी क्षेत्र भन्नाले ठूला उद्योगदेखि गाउँका किराना पसलसम्म पर्छन्,’ उनले जोड दिए, ‘सरकारले अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम हुनु हुँदैन र निजी क्षेत्रको मनोबल बढाउनुपर्छ ।’

यसैगरी, राजस्व कम उठिरहेको समयमा धरपकड गरी राजस्व उठाउने गरिएको बारे पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । चार वर्षअगाडि राजस्वले टुंग्याएको विषयलाई महालेखा परीक्षकको कार्यालयले खोतल्ने र दण्ड दिने गरेको कुरामा उनले मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए ।

अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा निजी क्षेत्रको मनोबल अझै बढ्ने उनको भनाइ थियो । जुनसुकै पार्टी भए पनि आर्थिक एजेन्डामा एकरूपता हुनुपर्ने माग गर्दै आइरहेको कुरा पनि अर्थमन्त्रीलाई अवगत गराइएको थियो ।

सोही क्रममा अर्थ मन्त्री पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरेर र कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगरी सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्योगी व्यवसायीलाई अनुसन्धान नगरी थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित निकायसँग समन्वय गरिने मन्त्री पुनको भनाइ थियो । ‘गल्ती गर्नेले सजाय पाउँछ तर कोही व्यक्तिले गल्ती गर्दैमा पूरै समुदायलाई नराम्रो भन्न हुँदैन,’ उनले भने, ‘राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो । उद्यमीलाई निरुत्साहित हुन नदिने यो मेरो जिम्मेवारी हो, म हतोत्साही हुन दिन्न ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit