विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेशको दैलेखमा पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषणका लागि दुई महिनाभित्र ड्रिलिङ (जमिन खन्ने काम) सुरु हुने भएको छ । पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल आएका चिनियाँ टोलीले माघभित्र ड्रिलिङको काम सुरु गर्ने भएका हुन् ।

अहिले ड्रिलिङ सुरु गर्नु पूर्वको काम भइरहेको खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण प्रवर्द्धन आयोजना प्रमुख दिनेशकुमार नापितले बताए । उनका अनुसार अन्तिम चरणको बाँकी काम पूरा गरेर दुई महिनाभित्र ड्रिलिङको काम सुरु हुनेछ ।

‘पेट्रोलियम पदार्थको सम्भावनाका लागि करिब ४ किलोमिटर गहिराइसम्म खन्नुपर्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘ड्रिलिङको काम सुरु भएको ५ देखि ६ महिनाभित्र सकिन्छ, त्यसपछि मात्रै पेट्रोलियम पदार्थको सम्भावना, परिमाणलगायतका विषय पत्ता लाग्छ ।’

अहिले पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रूख काट्ने, जग्गा अधिग्रहण गर्ने, मुआब्जा वितरण गर्ने, पहुँच मार्ग निर्माण गर्नेलगायतका काम भइरहेको पनि उनले जानकारी दिए । 

‘४५ रोपनी जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘मुआब्जा वितरणको काम पनि दुई महिनाभित्र सकिन्छ । प्राविधिक क्षेत्रमा रूख काट्ने काम भइरहेको छ ।’ 

सडक विभागले पहुँचमार्ग निर्माणको काम गरिरहेको छ । आयोजनामा खटिने चिनियाँ प्राविधिक टोलीका लागि आवास क्याम्प बनाउने, आवश्यक उपकरण आयात गर्ने जस्ता कामसमेत भइरहेको उनले बताए । 

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१९ फेब्रुअरीदेखि यस क्षेत्रमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अघि बढाइएको थियो । झण्डै ५ वर्षअघि विस्तृत अन्वेषणको काम सुरु गरिएको भए पनि कोभिड–१९ को महामारी लगायत विविध कारणले काम प्रभावित भएको आयोजना प्रमुख नापितको भनाइ छ । 

यसअघि नेपाल सरकारसँगको सम्झौताअनुसार चीनको प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ–केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भे गरेको थियो । 

दैलेखमा सदिऔँदेखि जमिनमाथि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका, तथा तल्लो डुङ्गेश्वरलगायतका क्षेत्रको जमिनमुनि पेट्रोलियम खानी हुने सक्ने अनुमान गरिएको छ । त्यही अनुमानको आधारमा खानी तथा भूगर्भ विभागसँगको समन्वयमा चीनको टोलीले त्यहाँ काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit