विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) ले मूल्य घटाएर पठाएपछि नेपाल आयल निगम (एनओसी) ले पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

घटेको मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम हुने भएको छ । यस्तै, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ ।

आइओसीले अप्रिल १ तारिखमा एनओसीलाई नयाँ मूल्यसूची पठाएको थियो । जसअनुसार पेट्रोलमा प्रतिलिटर १.८६ रुपैयाँ, र डिजेलमा ६.८२ रुपैयाँ घटेर आएको थियो । आइओसीले गत मार्च १५ तारिखमा पठाएको मूल्यअनुसार पेट्रोलमा ८६ पैसा र डिजेलमा १.५० रुपैयाँ घटेर आएको थियो । आइओसीको बक्यौता र सरकारी ऋणसहित अहिले पनि करिब १४ अर्ब दायित्व रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit