काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १२ रुपैयाँका दरले बढाएको निगमले जनाएको छ । निगमका अनुसार अब नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ ।
निगमले केही दिन अघि मात्र पूर्वाधार कर घटाउने भन्दै निगमले पेट्रोल, डिजेल, र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको थियो । निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।