विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र ऊर्जा सचिव सुरेश आचार्यबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी बनाउन सोमबार ऊर्जा मन्त्रालयमा कार्यसम्पादन करार सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा ऊर्जा मन्त्री खड्काले केही आयोजना ढिलो निर्माण हुँदा राज्यले ठूलो नोक्सानी व्यहोर्नु परिरहेकाले समयमै आयोजना सम्पन्न गर्न सबै आयोजना प्रमुखले पहल गर्नुपर्ने बताए । उनले ऊर्जा क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने विषय आम जनतामाझ बुझाउन जरुरी रहेको उल्लेख गरे ।

‘केही व्यक्तिमात्र सक्षम भएर मुलुकको विकास हुँदैन, तल्लो तहका मानिसलाई धनी हुनेगरी कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ,’ मन्त्री खड्काले भने ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले देश विकासका लागि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको महत्त्वपूर्ण भूमिका भएकाले इमानदार भएर काम गर्न कर्मचारीलाई आग्रह गरे । उनले विपद्को सामना गरिरहेको मुलुकलाई समृद्ध बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताए ।

मन्त्रालयका सचिव सुरेश आचार्यले ऊर्जा क्षेत्रको विकासका लागि तत्काल र दीर्घकालीन योजनालाई बुँदागत रूपमा कार्यान्वयनमा लैजानुपर्ने बताए । सम्झौतामा ऊर्जा क्षेत्रको विकासका लागि बाधक ऐन कानूनलाई समयानुकुल परिमार्जन गर्दै आयोजनालाई समयमै सम्पन्न गर्ने विषय समावेश गरिएको सचिव आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३