विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अर्धसरकारी कम्पनी तथा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत आयोजना राष्ट्रिय प्रणालीमा जोडिने क्रम बढिरहेको छ । पछिल्लो ३ महिनामा मात्र करिब ५ सय मेगावाट विद्युत प्रणालीमा जोडिएको छ । चालू वर्ष असारदेखि भदौसम्म नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले जलविद्युत र सौर्य गरी उक्त परिमाण थपिएको हो ।

प्राधिकरणको सहायक कम्पनीले निर्माण गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी, सिंगटी हाइड्रो इनर्जीले निर्माण गरेको २५ मेगावाटको सिंगटी खोला, सामलिङ पावरले निर्माण गरेको ९.६ मेगावाटको माई बेनी र सोलार फार्म प्रालिले निर्माण गरेको ५ मेगावाटको बेलचौतारा सौर्य आयोजना ३ महिनाभित्र निर्माण पूरा भएका हुन् ।

अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले दोलखामा निर्माण सम्पन्न गरेको तामाकोसीबाट गत असार २१ गते पहिलो युनिट सञ्चालनमा आएको थियो । आयोजनाको पहिलो युनिट २१ गते र दोस्रो युनिट २९ गते जोडिएको थियो । बाँकी, ३ सय ४ मेगावाट विद्युत साउनमा जोडिएको हो ।

दोलखामै निर्माण भएको २५ मेगावाटको सिंगटी खोलाको विद्युत साउन २ गते प्रणालीमा जोडिएको थियो । प्रसारण लाइनको ढिलाईले निर्माण पूरा भएको करिब डेढ वर्षपछि मात्र प्रणालीमा जोडिएको थियो । १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन पूरा नहुँदा ढिला जोडिएको थियो ।

भदौ महिना १४.६ मेगावाटका दुई आयोजना प्रणालीमा जोडिएका छन् । सामलिङ पावर कम्पनीले निर्माण पूरा गरेको ९.६ मेगावाटको माई बेनीबाट उत्पादित विद्युत भदौ २२ गते प्रणालीमा जोडिएको थियो । यसको विद्युत काबेली कोरिडोरको १३२/३३ केभी गोदक सबस्टेसनमा जोडिएको छ ।

तनहुँको बेलचौतारामा निर्माण भएको ५ मेगावाटको ‘बेलचौतारा सौर्य आयोजना’ पनि गत भदौ २९ गते प्रणालीमा जोडिएको छ । जसको विद्युत खैरेनीटार सबस्टेसनमा पुर्याएर प्रणालीमा आवद्ध गरिएको छ ।

यस अवधिमा यी सँगे ३७ मेगावाटका दुई जलविद्युत आयोजनाको निर्माण पूरा भएको छ । तर, आयोजना निर्माण गर्ने कम्पनी आफैंले प्रसारण लाइन तयार नगर्दा प्रणालीमा आउन सकेको छैन ।

सुरी हाइड्रो पावर कम्पनी र एमभी दुगड समूहद्वारा क्रमशः दोलखा र रामेछापमा निर्मित ७ मेगावाटको सुरी खोला र ३० मेगावाटको लिखु ‘ए’ प्रणालीमा आउन सकेका छैनन् । सुरीले ३३ केभी र दुगडले ६६ केभी आफ्नो दायित्वभित्रको प्रसारण लाइनको काम पूरा गरेका छैनन् । लिखुको निर्माण गत भदौमै पूरा भएको थियो ।

‘सरकार अर्थात् विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माण नगरेर विद्युत खेर गयो’ भनिरहने निजी प्रवर्द्धकहरू पनि समयमा आफ्नो दायित्व पूरा गर्न अक्षम देखिएका छन् । यसको अर्थ, सरकार वा निजी क्षेत्र जसले निर्माण गरे पनि प्रसारण लाइनको काम जटिल छ भन्ने प्रस्ट हुन्छ ।

सरकारले चालू आर्थिक वर्ष (आव २०७८/७९) मा करिब १६ सय मेगावाट विद्युत प्रणालीमा जोडिने प्रक्षेपण गरेको छ । निर्माण अन्तिम चरणमा पुगी विविध कारणले गत आर्थिक वर्षमा आउन नसकेका तथा विद्युत खरिद सम्झौता (पिपिए) अनुसार उत्पादन हुने आयोजना चालू वर्षमा प्रणालीमा जोडिने प्राधिकरणको आकलन छ ।

चालू आवभित्र १११ मेगावाटको रसुवागढी, ५७.३ मेगावाटको सान्जेन, १४.९ मेगावाटको माया खोला, १४ मेगावाटको घारखोला, ११ मेगावाटको तल्लो खारे खोला, ५ मेगावाटको तादी खोलाको विद्युत प्रणालीमा जोडिने पनि प्राधिकरणले जनाएको छ ।

८६ मेगावाटको सोलु–दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, १२ मेगावाटको दोर्दी–१ र बजाङको कालंगा बेसीनमा निर्माणाधीन ६४.४९ मेगावाटका ३ आयोजना लगायतबाट उत्पादन सुरु हुने अनुमान छ । यी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । चालू आवमा प्रणालीमा जोडिने केही सौर्य आयोजना पनि छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit