विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको उपकरणहरूकाे परीक्षण (ड्राइ टेष्ट) पूरा भएको छ । लमजुङमा बुटवल पावर कम्पनी ( बिपिसी) को सहायक न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरेकाे आयोजनाको ड्राइ टेष्ट सम्पन्न भएको हो ।

आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि जडान भएका हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण ठिक छ कि छैन् भनेर परीक्षण गरिएको कम्पनीका कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनका अनुसार आयोजनाको सबै संरचनाको काम पूरा गरिन परीक्षण गरिएको हो ।

आयोजनाको काम सकिएपनि विद्युत जोडिने ठाउँ परिवर्तन हुँदा उत्पादन तालिका लम्बिएको अमात्यले बताए । ‘आयोजनाको विद्युत वैकल्पिक रूपमा माथिल्लो मर्स्याङदी ‘ए’ को विद्युतगृहभन्दा तल १३२ केभी भुलभुले–मर्स्याङदी प्रसारण लाइनमा जोड्ने गरी ९ किलोमिटर लाइन निर्माणको काम भइरहेको छ ।’ उनले ऊर्जाखबरसँग भने, ‘लाइनको करिब ढेड किलोमिटर तार तान्ने काम मात्र बाँकी छ ।’ 

यसअघि २२० केभी मर्स्याङदी कोरिडोरको खुदी सबस्टेसनमा लगेर जोड्ने तय भए पनि नेपाल विद्युत प्राधिकरणले निर्माण गरिनसकेकाले परिवर्तन भएको हो । कम्पनीले खुदीसम्म करिब ५ किलोमिटर लाइन निर्माण गरेको थियो ।

भुलभुले–मर्स्याङदी लाइनमा सिनो हाइड्रो सगरमाथाको ५० मेगावाट विद्युत प्रवाह भइरहेको छ । प्राधिकरणले सिनो हाइड्रोसँग न्यादीको विद्युत जोड्नका लागि छलफल गरिरहेको छ । सिनो हाइड्रोले सहमति जनाएपछि विद्युत जोडिने अमात्यले बताए ।

आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक १६८.५५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न गर्न करिब ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा नबिल, ग्लोबल आइएमई, हिमालय, सनराइज बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit