विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८.८ मेगावाटका २ वटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । १११ मेगावाट क्षमताको थप ३ वटा आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

तुँदीपावर कम्पनीले निर्माण गरेको ३७.५ मेगावाटको चिमखोला राहुघाट मंगले र संयुक्त ऊर्जा लिमिटेडको २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेका हुन् ।

रघुगंगा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट अस्थायीरूपमा राष्ट्रिय प्रणालीमा जोडिएको हो । डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजना निर्माण पूरा नभएकाले उत्पादित विद्युत् खेर जान नदिन अस्थायी संरचनामार्फत राष्ट्रिय प्रणालीमा जोडिएको तुँदी पावरका आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाले बताए ।

बन्दीदेखि चिमखोलास्थित चिमखोला राहुघाट मंगलेको विद्युत‌्गृहसम्म ८ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२‍.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन् ।  चिमखोलादेखि तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला राहुघाट मंगले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन् ।

रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेमा निर्माण भएको ठूलोखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक संयुक्त ऊर्जाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले यही भदौदेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको जानकारी दिँदै आयोजना पूर्ण क्षमतामा सञ्चालन भएको बताए ।

३ अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले लगानी गरेका छन् । कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको ठूलोखोलाको ३ हजार ३८२ मिटर सुरुङ र ६३४ मिटर पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीमा निर्माण भएको विद्युत‌्गृहमा खसालेर विद्युत् उत्पादन गरेको हो ।

रघुगंगा गाउँपालिका-८ बन्दीमा बाँध रहेको चिमखोला मंगले राहुघाट जलविद्युत् आयोजनाको ५ किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगंगा-७ चिमखोलाको बगरस्थित विद्युत‌्गृहमा खसाल्न ९५० मिटर पेनस्टक पाइपलाइन बनाएको छ । चिमखोला मंगले राहुघाटसहित तुँदी पावर नै प्रवर्द्धक रहेको ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत १४ अर्ब रुपैयाँ रहेको छ ।

यसैबिच, अपर राहुघाटले परीक्षण उत्पादनको तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो प्रवर्द्धक ४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३