विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले १०ः५ अनुपातको हकप्रद सेयर निष्कासन अनुमति दिएको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम ८,२२१,४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको कम्पनीले जनाएको छ । कम्पनीले सय रुपैयाँमा अंकित ८२२,१४५,९७१.७८ रुपैयाँ बराबरकाे सेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

कम्पनीको सिन्धुपाल्चोकमा निर्माण गरेको इन्द्रावती तेस्रो सञ्चालनमा छ । यस्तै, ४.५ मेगावाटको तल्लो इन्द्रावतीको पनि अध्ययन गरिरहेको छ । तोकिएको सयममा लक्षित प्रगति हासिल गर्न नसकेको भन्दै यसअघि खारेज भएको आयोजनाको पुनःअध्ययन अनुमति प्राप्त गरि अध्ययन थालेको हो । कम्पनीले ४० प्रतिशत निर्माण पूरा गरेपछि अनुमतिपत्र खारेज गरेर सरकारको बास्केटमा राखिएको थियो ।

यसैगरी, भोजपुरमा सहायक कम्पनीमार्फत १४.१५ मेगावाटको इर्खुवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३