काठमाडौँ । दरमखोला हाइड्रो इनर्जीले सार्वजनिक प्राथमिक सेयर (आइपिओ) निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जेठ २० गते कम्पनीलाई सेयर निष्काशन अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरका ३९ लाख ५० हजार कित्ता आइपिओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले बागलुङको गलकोट नगरपालिका–११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आइपीओ निष्काशनका लागि २०८० साल भदौमा कम्पनीले आवेदन दिएको थियो ।