विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इष्टर्न हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० रुपैयाँ मूल्य अंकित १२ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति प्रदान गरेको छ ।
सेबोनले उक्त परिमाण बराबरको सेयर आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्न साउन ९ गते अनुमति दिएको हो । १२ करोड २४ लाख रुपैयाँ संकलन गर्ने उद्देश्यले निष्कासन हुने साधारण सेयरको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरिएको छ ।

भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको कम्पनीले सेयर निष्कासनका लागि २०७८ मंसिर २४ गते सेबोनमा आवेदन दिएको थियो । पहिलो चरणमा आयोजना प्रभावित र जिल्लाबासी तथा दोस्रो चरणमा सर्वसाधारणलाई सेयर निष्कासन हुने कम्पनीकी अध्यक्ष सुशन कर्माचार्यले बताइन् ।

‘साउन अन्तिममा आयोजना प्रभावितका लागि निष्कासन हुनेछ, सबै बिक्री भएन भने बाँकी समेत गाभेर दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गरिनेछ,’ उनले भनिन्, ‘जति छिटो जिल्लाबासीलाई छुट्ट्याइएको परिमाण बिक्री हुन्छ त्यति छिटो सर्वसाधारणका लागि निष्कासन गर्ने योजना छ ।’

कम्पनीले ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता आयोजना प्रभावित र स्थानीयबासीका लागि तथा ६ करोड २० लाख रुपैयाँको उति नै परिमाण सर्वसाधारणलाई छुट्ट्याएको छ । पिखुवा खोलाबाट २०७६ जेठ २७ गतेदेखि नियमित विद्युत उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३