विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्याङ्जाको मिर्मीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको पहिलो युनिटको मर्मत सकिएको छ । नियमित मर्मत तालिका अनुसार २५ दिनमा काम सकिएको हो । काम पूरा गर्न केन्द्रले २८ दिनको समय निर्धारण गरेको थियो ।

मर्मतका लागि गत बैशाख ३० गते मेसिन खोलिएको थियो । मर्मत सकेर मेसिन घुमाइसके पनि केही प्राविधिक समस्याका कारण प्रणालीमा आवद्ध गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण ठूला जलविद्युत् आयोजना सञ्चालन विभागका निर्देशक रामकुमार यादवले बताए । ‘केही प्राविधिक काम बाँकी छ, त्यो साँझसम्म पूरा गरेर हामी प्रणालीमा आवद्ध गछौं,’ उनले भने, ‘अहिले पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने गरी पानी उपलब्ध छैन ।’

यादवका अनुसार कालीगण्डकी जलाशयमा दुई वटा युनिट अर्थात् ९६ मेगावाट विद्युत् उत्पादन गर्न पुग्ने पानी उपलब्ध छ । केही दिन अगाडि वर्षाका कारण नदीमा बहाब बढे पनि अहिले केही घटेको उनको भनाइ छ ।

दैनिक ६ घन्टासम्म पानी सञ्चित गरेर विद्युत्को उच्च माग (पिक डिमाण्ड) हुँदा सञ्चालन गर्न सकिने कालीगण्डकी अर्धजलाशय (पिकिङ आरओआर) आयोजना हो । हिउँदको अति सुख्खा याममा यसको उत्पादन घटेर करिब ५० मेगावाटसम्म आइपुग्छ । अहिलेसम्म सञ्चालन भएका विद्युत्गृहमध्ये यो अहिलेसम्म देशकै ठूलो हो ।

जलविद्युत्गृहमा ४८ मेगावाट क्षमताका ३ वटा टर्बाइन (युनिट) जडान गरिएको छ । यहाँबाट उत्पादित विद्युत् एउटा लाइनबाट बुटवलसम्म प्रवाह हुन्छ भने अर्को लाइनबाट पोखरतर्फ प्रवाह हुन्छ । पानी सञ्चित हुने अर्धजलाशय भएको हुँदा विद्युत्गृहको बाँधस्थल आन्तरिक पर्यटकहरूको आकर्षण पनि बनेको छ ।

जलाशयको बाटो (जलमार्ग) हुँदै स्टिम्बरमा पर्वतको पवित्र तीर्थस्थल सेतीवेणी पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit