विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौंं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय संरचना प्रयोग गर्ने सेवा प्रदायक कम्पनीलाई शुल्क तिर्न पुनः  ताकेता गरेको छ । प्राधिकरणले आफ्नो प्रसारण तथा वितरण लाइनका संरचना प्रयोग गरी सेवा दिएर भाडा तिर्न अटेर गर्ने प्रदायक कम्पनीलाई बाँकी शुल्क तिर्न फेरि ताकेता गरेको हो ।

विद्युतीय संरचनाह प्रयोग गरी तथा अप्टिकल फाइवर भाडामा लिई टेलिफोन/इन्टरनेट/केवल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायक संस्थालाई हालसम्मको बाँकी बक्यौता रकम भुक्तानी गर्न पुनःआह्वान गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै, यी अधिकांश सेवा प्रदायक कम्पनीले नियमानुसार सम्झौता नगरी संरचना प्रयाेग गरिरहेकाे हुँदा  सम्झौता गर्न र नवीकरण गर्न पनि प्राधिकरणले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । साथै, प्राधिकरणले नयाँ सम्झौता नहुँदासम्म सेवा विस्तारको कार्य नगर्न भनेकाे छ ।

नियमानुसार सम्झौता नगर्ने सेवा प्रदायकलले लाइन विस्तार गरेको पाइएमा लाइन विस्तारका सामाग्राी जफत गर्ने र विद्युतीय संरचनामा जडान भएका अप्टिकल फाइवर तथा अन्य उपकरणहरु हटाइने र यसको जिम्मेवारी सेवा प्रदायक संस्था आफै हुने चेतावनी प्राधिकरणले दिएकाे छ । 

हालका लागि लागु भएकाे भाडादर अनुसार अधिकांश सेवा प्रदायकले प्राधिकरणकाे पाेल भाडा तिरेका छैनन् । प्राधिकरणले केही स्थानमा तार काटेर असुल उपर गरेकाे भए पनि धेरैले राजनिति शक्तिकाे आडमा पोलबाट तिर्न अटेर गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit